गाँजा खेती अध्ययन गर्न गृहले नियमावली बनाउँछ : रवि लामिछाने



 

गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीमा द्विविधा राख्नु नपर्ने बताएका छन । उनले गाँजा खेतीबारे अध्ययन गर्न, औषधिजन्य प्रयोजनका लागि गाँजा खुला गर्ने गरी एक महिनाभित्र नियमावली बनाउने बताए । यसको आवश्यकताका लागि छलफल पर्याप्त भइसकेको उनको भनाइ छ । उनले गाँजा खेती अध्ययनमा पदभार ग्रहण गरेदेखि नै चासो दिएको बताए । प्रतिनिधिसभाको कृषि समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने ’ विषय सम्बन्धी छलफलमा गृहमन्त्री लामिछानेले गाँजा खेती अध्ययन गर्न बनेको समितिले छिटै प्रतिवेदन दिने बताए । गाँजा खेतीका लागि कानुन बनाउने नेतृत्व गृहले नै गर्छ,’ लामिछानेले भने । लागुऔषध दुर्व्यसनी बढेको तर यसमा गाँजाको अवस्था के हो भन्ने अध्ययन भइरहेको उनले बताए । गाँजा ओसारपसारमा कानुनी अनभिज्ञताबारे जनचेतना पनि चलाउने उनको भनाइ छ । लागुऔषध दुर्व्यसनमा फसेकालाई अर्को मौका दिने हो, तर कारोबार गर्नेलाई छुट दिने कुरा हुँदैन,’ गृहमन्त्री लामिछानेले भने ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्