मधेशका मुख्यमन्त्री सतिशकुमारले लिए शपथ



हाम्रो इकोनोमि

 

 

 मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले शपथ लिएका छन् । जनमत पार्टीका सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ गराइन् । पण्डितले खोजेको शुभमुहूर्तको समयमा उनले शपथ गरे । मुख्यमन्त्री सिंहलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थन छ । सप्तरी क्षेत्र नम्वर २ (१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित सिंह तिलाठी गोइलाठी गाउँपालिका ४ स्थायी बासिन्दा हुन् । लोसपाबाट राष्ट्रियसभा सदस्य रहेका बुवा शेखरकुमार सिंह पनि शपथ ग्रहण समारोहमा उपस्थित थिए । मुख्यमन्त्री बन्न सफल सिंह पनि जनमतमा प्रवेश गर्नुअघि तत्कालीन राजपा (अहिलेको लोसपा) मै सक्रिय थिए । सोही पार्टीबाट ०७४ मा तिलाठी गोइलाठी गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए ।०७९ मा पुनः गाउँपालिकामा चुनावी मैदानमा उत्रे तर पराजित भए । त्यसपछि उनले जनमत पार्टीमा प्रवेश गरी प्रदेशसभा सदस्यमा चुनाव लडेपछि निर्वाचित भए । दलका नेता महेशप्रसाद यादवलाई बाइपास गरेर अध्यक्ष डा. सीके राउतले उनलाई अघि सारेको भन्दै पार्टीमा असन्तुष्टि बढेको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...