मधेशका मुख्यमन्त्री सतिशकुमारले लिए शपथ



हाम्रो इकोनोमि

 

 

 मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले शपथ लिएका छन् । जनमत पार्टीका सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ गराइन् । पण्डितले खोजेको शुभमुहूर्तको समयमा उनले शपथ गरे । मुख्यमन्त्री सिंहलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थन छ । सप्तरी क्षेत्र नम्वर २ (१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित सिंह तिलाठी गोइलाठी गाउँपालिका ४ स्थायी बासिन्दा हुन् । लोसपाबाट राष्ट्रियसभा सदस्य रहेका बुवा शेखरकुमार सिंह पनि शपथ ग्रहण समारोहमा उपस्थित थिए । मुख्यमन्त्री बन्न सफल सिंह पनि जनमतमा प्रवेश गर्नुअघि तत्कालीन राजपा (अहिलेको लोसपा) मै सक्रिय थिए । सोही पार्टीबाट ०७४ मा तिलाठी गोइलाठी गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए ।०७९ मा पुनः गाउँपालिकामा चुनावी मैदानमा उत्रे तर पराजित भए । त्यसपछि उनले जनमत पार्टीमा प्रवेश गरी प्रदेशसभा सदस्यमा चुनाव लडेपछि निर्वाचित भए । दलका नेता महेशप्रसाद यादवलाई बाइपास गरेर अध्यक्ष डा. सीके राउतले उनलाई अघि सारेको भन्दै पार्टीमा असन्तुष्टि बढेको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...