सांसद डा. देवकोटा ‘विकास पुरस्कार –२०८१’बाट सम्मानित



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले बाग्मती प्रदेश सभा सदस्य तथा पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.दिनेशचन्द्र देवकोटा विकास पुरस्कार २०८१ बाट सम्मानित भएका छन् । विश्व वातावरण दिवसको अवसरमा डिप्लोमा इन्जिनियर्स एशोसिएसन, नेपाल (डिन)को ४४ औँ स्थापना दिवसको अवसरमा डा. देवकोटालाई विकास पुरस्कार (११ हजार १ सय ११ रुपैयाँ) बाट सम्मानित गरिएको थियो । दिगो विकास, जलवायु परिवर्तन, प्राविधिक शिक्षा, भौतिक पूर्वाधार लगायतका राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै डिनले सम्मान गरेको हो । उक्त कार्यक्रममा खानेपानी मन्त्री राजेन्द्रकुमार राई, डिनका अध्यक्ष कामेश्वर प्रसाद सिंह, महासचिव विन्दिया कार्की लगायत अन्य पदाधिकारीहरुका बिच सम्मान गरिएको हो । त्यसमा देवकोटाले घरपरिवारको सम्मानमा प्राप्त पुरस्कारमा १ लाख थपेर आफ्नो हजुरवुवा र हजुरआमा (बुसुमाया देवकोटा) को नाममा ‘बसुहरि विकास पुरस्कार’ १ लाख ११ हजार १ सय ११ राशीको अक्षय कोष स्थापना गरेका हुन् । उक्त अक्षय कोशको रकमबाट डिप्लोमा इन्जिनियर्स क्षेत्रमा प्रयोग गरिने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...