सांसद डा. देवकोटा ‘विकास पुरस्कार –२०८१’बाट सम्मानित



 

 

नेकपा एमाले बाग्मती प्रदेश सभा सदस्य तथा पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.दिनेशचन्द्र देवकोटा विकास पुरस्कार २०८१ बाट सम्मानित भएका छन् । विश्व वातावरण दिवसको अवसरमा डिप्लोमा इन्जिनियर्स एशोसिएसन, नेपाल (डिन)को ४४ औँ स्थापना दिवसको अवसरमा डा. देवकोटालाई विकास पुरस्कार (११ हजार १ सय ११ रुपैयाँ) बाट सम्मानित गरिएको थियो । दिगो विकास, जलवायु परिवर्तन, प्राविधिक शिक्षा, भौतिक पूर्वाधार लगायतका राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै डिनले सम्मान गरेको हो । उक्त कार्यक्रममा खानेपानी मन्त्री राजेन्द्रकुमार राई, डिनका अध्यक्ष कामेश्वर प्रसाद सिंह, महासचिव विन्दिया कार्की लगायत अन्य पदाधिकारीहरुका बिच सम्मान गरिएको हो । त्यसमा देवकोटाले घरपरिवारको सम्मानमा प्राप्त पुरस्कारमा १ लाख थपेर आफ्नो हजुरवुवा र हजुरआमा (बुसुमाया देवकोटा) को नाममा ‘बसुहरि विकास पुरस्कार’ १ लाख ११ हजार १ सय ११ राशीको अक्षय कोष स्थापना गरेका हुन् । उक्त अक्षय कोशको रकमबाट डिप्लोमा इन्जिनियर्स क्षेत्रमा प्रयोग गरिने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सरकार फेरिने हल्लाको पछि नलाग्नु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्लाको पछाडि नलाग्न आग्रह गरेका

देवी प्रतिभालाई पोखरामा भव्य स्वागत

    कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत

 सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु

     सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ ।

गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

    कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ