महिला मन्त्री चौधरी र इजरायली राजदूत गोडरबिच शिष्टाचार भेट



हाम्रो इकोनोमि

 

 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी र नेपालका लागि इजरायली राजदूत हनान गोडरबिच शिष्टाचार भेटघाट भएको छ । आज मन्त्रालयमा भेट गर्दै मन्त्री चौधरीले नेपाल र इजरायलबिच १९60 मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम्बन्ध रही आएको बताउँदै मन्त्री चौधरीले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाका लागि पहल गरिदिन राजदूत गोडरलाई आग्रह गर्नुभयो । इजरायलले कृषि क्षेत्रमा गरेको विकासको प्रशंसा गर्दै उहाँले नेपालको कृषिको विकासमा योगदान दिन आग्रह गर्नुभयो । विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा सहयोगलगायतका विषयमा नेपाललाई गरेको सहायताका लागि इजरायल सरकारको प्रशंसा गर्दै मन्त्री चौधरीले नेपाल –इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढ्ने बताउनुभयो । इजरायल सरकारले नेपाली युवाहरू (खासगरी महिला) लाई केयरगिभर सेवा क्षेत्रमा रोजगारीका अवसर उपलब्ध गराएकोप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो । यसैबिच भेटका क्रममा राजदूत गोडरले विपिन जोशी छिट्टै रिलिज हुने विश्वास व्यक्त गर्नुभयो । गोडरले जोशीका परिवारलाई आइतबार भेट्न जाने कार्यक्रम रहेको समेत बताउनुभयो । नेपालमा समानता, सशक्तीकरण, निर्णायक तहमा महिलाहरूको पहुँचका विषयमा इजरायलले नेपालबाट सिक्नुपर्ने बताउँदै उहाँले अवसरको हिसाबमा पनि धेरै अवसरहरूका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।   जम्मा केयर गिभरमध्ये ७० प्रतिशत महिला केयर गिभर रहेको बताउँदै राजदूत गोडरले इजरायलको विकासमा नेपाली श्रमिकले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...