माओवादीमा मन्त्री फिर्ता बोलाउनेबारे छलफल



 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ पठाउनेबारे आन्तरिक छलफल थालेका छन् । जनमत र नागरिक उन्मुक्तिलाई सरकारमा सामेल गराउन मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य अघि बढाएका प्रचण्डले पार्टीका केही मन्त्रीलाई फिर्ता बोलाउन छलफल चलाएका हुन् । सत्ता गठबन्धनमा आबद्ध दलहरूसँग छलफल गरेर एक साताभित्र मन्त्रिपरिषद् पुनर्गठन गर्ने गरी प्रधानमन्त्री अघि बढेको बताइन्छ । माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले मन्त्रीहरू हेरफेर हुनु स्वाभाविक भएको बताए । छलफल भएपनि अहिलेसम्म कुनै निर्णय भइसकेको छैन । मन्त्रीहरू हेरफेर हुनु त स्वाभाविक हो नि ! उनले भने । पुराना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिनेबारे छलफल चलिरहेको एक पदाधिकारीले बताए । ती नेताले नेपाल प्रेससाग भने, पहिला पनि दोहोरिएका मन्त्रीहरूको विषयमा पार्टीभित्र दोहोर्‍याउन जरुरी थिएन भन्ने विषयमा प्रश्न उठेको थियो । अहिले क्याविनेट पुनर्गठनको तयारी हुँदै गर्दा पुराना सबैलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिनुपर्छ भन्ने कुरा आइरहेको छ । यद्यपि, यो विषयले पार्टी बैठकमा औपचारिक रूपमा प्रवेश नपाएको उनले बताए । ती नेता थप्छन्, ‘पार्टीको औपचारिक बैठक राखेर यो विषयमा छलफल भएको छैन । मन्त्रिपरिषद् पुनर्गठन हुने निश्चित भएपछि पदाधिकारीको बैठक राख्नुहुन्छ होला । अहिले माओवादीबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, ऊर्जामन्त्री शक्ति बस्नेत, सञ्चारमन्त्री रेखा शर्मा र पर्यटनमन्त्री हितबहादुर तामाङ छन् । अर्थमन्त्री पुन र पर्यटनमन्त्री तामाङबाहेक सबै पुराना हुन् । पर्यटन मन्त्रालय नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई दिने प्रधानमन्त्री प्रचण्डले बचन दिइसकेकाले तामाङ हटाउने सम्भावना धेरै छ । त्यसैले अहिले अर्थमन्त्रीबाहेक पार्टीबाट सरकारमा गएका सबै मन्त्रीलाई फिर्ता बोलाउनेगरी प्रचण्डले आन्तरिक तयारी गरेको निकट स्रोत बताउँछ । यसअघि पनि उपप्रधानमन्त्री श्रेष्ठ र ऊर्जामन्त्री बस्नेतलाई निरन्तरता दिएको विषयलाई लिएर प्रचण्डले आन्तरिक आलोचना खेपेका थिए । माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकाल मन्त्रिपरिषद् पुनर्गठन गर्ने कुरा प्रधानमन्त्रीको विशेषाधिकारको कुरा भएको बताउँछन् । उनले भने, यो विषय प्रधानमन्त्रीको अधिकारको कुरा हो । पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको हेरफेर गर्ने विषयमा पार्टीभित्र छलफल भएको छैन ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्