माओवादीमा मन्त्री फिर्ता बोलाउनेबारे छलफल



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ पठाउनेबारे आन्तरिक छलफल थालेका छन् । जनमत र नागरिक उन्मुक्तिलाई सरकारमा सामेल गराउन मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य अघि बढाएका प्रचण्डले पार्टीका केही मन्त्रीलाई फिर्ता बोलाउन छलफल चलाएका हुन् । सत्ता गठबन्धनमा आबद्ध दलहरूसँग छलफल गरेर एक साताभित्र मन्त्रिपरिषद् पुनर्गठन गर्ने गरी प्रधानमन्त्री अघि बढेको बताइन्छ । माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले मन्त्रीहरू हेरफेर हुनु स्वाभाविक भएको बताए । छलफल भएपनि अहिलेसम्म कुनै निर्णय भइसकेको छैन । मन्त्रीहरू हेरफेर हुनु त स्वाभाविक हो नि ! उनले भने । पुराना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिनेबारे छलफल चलिरहेको एक पदाधिकारीले बताए । ती नेताले नेपाल प्रेससाग भने, पहिला पनि दोहोरिएका मन्त्रीहरूको विषयमा पार्टीभित्र दोहोर्‍याउन जरुरी थिएन भन्ने विषयमा प्रश्न उठेको थियो । अहिले क्याविनेट पुनर्गठनको तयारी हुँदै गर्दा पुराना सबैलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिनुपर्छ भन्ने कुरा आइरहेको छ । यद्यपि, यो विषयले पार्टी बैठकमा औपचारिक रूपमा प्रवेश नपाएको उनले बताए । ती नेता थप्छन्, ‘पार्टीको औपचारिक बैठक राखेर यो विषयमा छलफल भएको छैन । मन्त्रिपरिषद् पुनर्गठन हुने निश्चित भएपछि पदाधिकारीको बैठक राख्नुहुन्छ होला । अहिले माओवादीबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, ऊर्जामन्त्री शक्ति बस्नेत, सञ्चारमन्त्री रेखा शर्मा र पर्यटनमन्त्री हितबहादुर तामाङ छन् । अर्थमन्त्री पुन र पर्यटनमन्त्री तामाङबाहेक सबै पुराना हुन् । पर्यटन मन्त्रालय नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई दिने प्रधानमन्त्री प्रचण्डले बचन दिइसकेकाले तामाङ हटाउने सम्भावना धेरै छ । त्यसैले अहिले अर्थमन्त्रीबाहेक पार्टीबाट सरकारमा गएका सबै मन्त्रीलाई फिर्ता बोलाउनेगरी प्रचण्डले आन्तरिक तयारी गरेको निकट स्रोत बताउँछ । यसअघि पनि उपप्रधानमन्त्री श्रेष्ठ र ऊर्जामन्त्री बस्नेतलाई निरन्तरता दिएको विषयलाई लिएर प्रचण्डले आन्तरिक आलोचना खेपेका थिए । माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकाल मन्त्रिपरिषद् पुनर्गठन गर्ने कुरा प्रधानमन्त्रीको विशेषाधिकारको कुरा भएको बताउँछन् । उनले भने, यो विषय प्रधानमन्त्रीको अधिकारको कुरा हो । पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको हेरफेर गर्ने विषयमा पार्टीभित्र छलफल भएको छैन ।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...