चौधरी फाउन्डेसनको आयोजनामा मर्मत तालिम सम्पन्न



हाम्रो इकोनोमि

 

 

 

चौधरी फाउन्डेसनको आयोजनामा सञ्चालित ४८ दिने एसी र रेफ्रिजेरेटर मेकानिक तालिम सम्पन्न भएको छ । मंगलबार एक समारोहबीच चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरीले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । यस तालिमको मुख्य उद्देश्य ग्रामीण भेगका युवाहरुलाई रोजगारमुलक सिप विकास गर्नु रहेको चौधरी फाउन्डेसनले जनाएको छ । काठमाडौँको चन्द्रागिरी नगरपालिकामा संचालित यस कार्यक्रम सफलतापुर्बक समापन भएको छ भने, चौधरी फाउन्डेसनले सुनसरीको गढी गाउँपालिका र नवलपरासीको सरावल गाउँपालिकामा पनि यस्तै तालिम सञ्चालन गरिरहेको छ । यसैबीच, चौधरी फाउन्डेसनले तिनवटा प्रदेशमा इन्डक्सन चुल्हो मर्मत र रेखदेख सम्बन्धी ३ दिने तालिम पनि सञ्चालन गरिरहेको छ । यो तालिम लुम्बिनी प्रदेशमा सम्पन्न भइसकेको छ भने कर्णाली र मधेश प्रदेशमा चाँडै सुरु हुनेछ । यी सबै तालिमको मुख्य उद्देश्य लक्षित लाभग्राहीहरुलाई इलेक्ट्रोनिक्स मर्मत र रेखदेख सम्बन्धी गुणस्तरीय व्यावसायिक र प्राविधिक तालिम प्रदान गर्नु रहेको चौधरी फाउन्डेसनले जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले देशभित्रै सिपयुक्त जनशक्ति विकास गर्न चौधरी फाउन्डेसन प्रतिबद्ध रहेको बताउनुभयो । हामी यस्ता तालिम कार्यक्रमको माध्यमबाट मानिसहरुलाई सिप विकासमा सहयोग गरिरहेका छौं, ताकि उनीहरु देशभित्रै रोजगार प्राप्त गर्न सकुन् र राम्रो आम्दानी आर्जन गर्न सकुन उहाले भन्नुभयो । विश्वकै प्रतिष्ठित अन्तराष्ट्रिय कम्पनि एल.जी. इलेक्ट्रोनिक्सको सहकार्य तथा प्रविधिक सहयोगमा यस्ता तालिम मार्फत युवाहरुमा सिपको विकासमा सहयोग गर्नु चौधरी गु्रपको कर्तब्य समेत रहेको चौधरीले बताउनुभयो । चौधरी ग्रुप नेपालका एल.जी. इलेक्ट्रोनिक्स सँग ४० वर्ष भन्दा बढीको ब्यवसायीक सम्बन्ध रहेको छ । समारोहमा बोल्दै चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरीले चौधरी गु्रपसँग सहकार्य गर्न पाउदा उत्साहित भएको बताउनु भयो । “यस्ता तालिमले मान्छेमा सीप भर्ने र देशमै केहि गरेर जीवन चलाउन युवाहरुलाई प्रोत्साहान गर्नेछ,” गिरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...