पशुपतिमा जतिसुकै धूप अक्षता गरे पनि सरकार ढल्दैन : प्रमुख सचेतक बर्तौँला



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका महामन्त्री गगन थापालेलाई नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले पशुपतिमा जतिसुकै धूप अक्षता गरे पनि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नढल्ने जवाफ दिएका छन् ।प्रतिनिधिसभाको बैठकमा बजेटमाथि छलफलको क्रममा महामन्त्री थापाले धेरै आलोचना गर्दा फेरि बजेट कांग्रेसले नै काँध हाल्नुपर्ने अवस्था आउन सक्ने बताएपछि यस्तो जवाफ दिएका हुन् । गगनले भनेका थिए, ‘यो बजेटमा केही मिल्दैन भनेर बोल्नुपर्ने हो । त्यसरी बोलौँ यति धेरै उथलपुथल भएको छ संसदमा ६र८ महिनापछि यो बजेट हामीले नै काँध हाल्नुपर्ने हो कि ? आफ्नै बोली गलपासो हुने हो कि ? त्यसैले मैले अर्थमन्त्रीलाई सामान्य प्रश्न मात्रै सोध्छु । उनले एमालेका अध्यक्ष ओलीलाई प्रधानसेनापतिको संज्ञा दिँदै बजेटमा स्वामित्व नदिएकोले बजेटको माइबाप नै नभएको जिकिर गरेका थिए । त्यसको जवाफमा प्रमुख सचेतक बर्तौलाले यो सरकार कसैले चाहेर पनि ढाल्न नसक्ने बताए । उनले भने, ‘हामीले बजेटमाथि आफ्नो धारणा राख्ने कुनै बिर्को लगाएका छैनौँ । प्रतिपक्षमा बसेका साथीहरूले चिन्ता गर्नुभयो । केही महिनापछि नै बजेट नै आफैँले बोकेर हिँड्नुपर्ने परिस्थिति आइहाल्ला कि त्यस कारण आलोचना नगरौँ प्रश्न मात्रै गरौँ भन्ने कोणबाट पनि कुरा आए । म भन्न चाहन्छु, यो सत्ता समीकरण त्यति कमजोर डोरीबाट बनेको छैन । उनले बलियो विश्वासको आधारमा संकल्प गरेर अघि समीकरण अघि बढेको बताए । उनले थपे, ‘माननीयज्यूहरूले पशुपतिमा जुन प्रकारले धूप अक्षता गरेर यो सरकार आजै ढलोस्, भोलि ढलोस् जे चाहिरहनुभएको छ । सामान्य केही सुझाव राख्ने बित्तिकै ढलिहाल्छ भने कोणबाट, अन्तिममा मेरै काँधमा आइहाल्छ भन्ने जे आशंका गर्नुभएको छ। त्यहाँसम्म पुग्ने परिस्थिति छैन । उनले सांसदहरूलाई बजेटमाथि टिप्पणी गर्न आफूहरूले रोक नलगाएपनि बजेट पारित गरेर आफूहरू अघि बढ्ने सुनाए ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...