शाम्भवी चौधरी बनिन् भारत लोकसभाकी कान्छी सांसद



हाम्रो इकोनोमि

 

 

 भारतको ५४३ सदस्यीय लोकसभामा निर्वाचित सदस्यमध्ये २५ वर्षीया शाम्भवी चौधरी कान्छी सांसद बनेकी छन् । मंगलबार सम्पन्न मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएसँगै शम्भवी सबैभन्दा कम उमेरमा सांसद निर्वाचित भएकी हुन् । लोक जनशक्ति पार्टीकी २५ वर्षीया उम्मेवार शाम्भवीले कांग्रेसका सन्नी हजारीलाई १ लाख ८७ हजार मतान्तरले पराजित गर्दै केन्द्रीय सांसद बनेकी हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीले शाम्भवीलाई सबैभन्दा कान्छी सांसद भन्दै यसअघि नै उनको प्रशंसा गरिसकेका छन् । उनी विहारको समस्तिपुर जिल्लाबाट निर्वाचित भएकी हुन् । २५ वर्ष उमेर समुहकै अन्य तीन सांसद पनि निर्वाचित भएका छन् तर उनी सबैभन्दा कम उमेरकी रहेको एनडिटिभीले जनाएको छ । सन् १९९९ मा जन्मिएकी शाम्भवीका पिता अशोक चौधरी विहारको सत्तारुढ जनता दल युनाइटेका बरिष्ठ नेता हुन् ।उनी विहार सरकारका प्रभावशाली मन्त्री पनि हुन् । यद्यपी उनी बुबाको भन्दा फरक दलबाट निर्वाचित भएकी छन् । उनका हजुरबुबा महाबीरच चौधरी कांग्रेसका नेता थिए ।

प्रतिक्रिया दिनुहोस
पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको भन्दै ओसीम र प्रियंका पक्राउ

    पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र ओसीम...

एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...