शाम्भवी चौधरी बनिन् भारत लोकसभाकी कान्छी सांसद



 

 

 भारतको ५४३ सदस्यीय लोकसभामा निर्वाचित सदस्यमध्ये २५ वर्षीया शाम्भवी चौधरी कान्छी सांसद बनेकी छन् । मंगलबार सम्पन्न मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएसँगै शम्भवी सबैभन्दा कम उमेरमा सांसद निर्वाचित भएकी हुन् । लोक जनशक्ति पार्टीकी २५ वर्षीया उम्मेवार शाम्भवीले कांग्रेसका सन्नी हजारीलाई १ लाख ८७ हजार मतान्तरले पराजित गर्दै केन्द्रीय सांसद बनेकी हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीले शाम्भवीलाई सबैभन्दा कान्छी सांसद भन्दै यसअघि नै उनको प्रशंसा गरिसकेका छन् । उनी विहारको समस्तिपुर जिल्लाबाट निर्वाचित भएकी हुन् । २५ वर्ष उमेर समुहकै अन्य तीन सांसद पनि निर्वाचित भएका छन् तर उनी सबैभन्दा कम उमेरकी रहेको एनडिटिभीले जनाएको छ । सन् १९९९ मा जन्मिएकी शाम्भवीका पिता अशोक चौधरी विहारको सत्तारुढ जनता दल युनाइटेका बरिष्ठ नेता हुन् ।उनी विहार सरकारका प्रभावशाली मन्त्री पनि हुन् । यद्यपी उनी बुबाको भन्दा फरक दलबाट निर्वाचित भएकी छन् । उनका हजुरबुबा महाबीरच चौधरी कांग्रेसका नेता थिए ।

प्रतिक्रिया दिनुहोस
चन्द्रागिरिको वनमा आगलागी

  काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ ।आगलागी भएको

माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको