६ प्रतिशत आर्थिक वृद्धि लक्ष्यको आधार के हो : गगन थापा



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले बजेटमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्यको आधार के हो भन्ने प्रश्न गरेका छन् । प्रतिनिधि सभामा आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिको छलफलमा भाग लिँदै बुधबार कांग्रेस महामन्त्रीसमेत रहेका थापाले अर्थमन्त्री वर्षमान पुनले ६ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भनेर  गरेको दाबीको आधार मागेका हुन् । संसदमा धेरै उथलपुथल भएको भन्दै थापाले ६/८ महिनापछि आफैले काँध हाल्नुपर्ने स्थिति पनि आउन सक्ने टिप्पणी गरेका थिए । यो बजेटबारे बोल्ने कसरी भनेर म अल्मलिएको छु । यो बजेटमा यो पनि छैन, त्यो पनि छैन, यो पनि मिल्दैन, त्यो पनि मिल्दैन भनेर बोल्नुपर्ने हो । तर त्यसरी बोलौँ, यति धेरै उथलपुथल भएको यो संसदमा ६/८ महिनापछि यो बजेट आफैले काँध हाल्नुपर्ने पो हो कि!,’ थापाले भने । उनले अर्थमन्त्री वर्षमान पुनलाई लक्षित गर्दै ६ प्रतिशतको आर्थिक वृद्धिको आधार के हो पनि भनेका थिए । अर्थमन्त्रीज्यूले यो वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि हुन्छ भन्ने कुराको प्रक्षेपणको दाबी गर्नुभएको छ । अघिल्लो वर्ष पनि ठिक त्यस्तै दाबी थियो । ४ प्रतिशतको भन्दा कम रह्यो,’ थापाले भने, ‘यो वर्ष हाम्रा विकास साझेदार, चाहे एशियाली विकास बैंक होस्, चाहे आइएमएफ होस् कसैल ४ भनिरहेको ठाउँमा ६ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भनेर जुन दाबी गर्नुभएको छ, यसको आधार के हो ?

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...