गठबन्धन दलको साझा संकल्पसँग बजेटको तालमेल मिलेन : ठाकुर गैरे



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले बजेटमा साझा न्यूनतम संकल्पसँग मेल नखाएको बताएका छन् ।बुधवार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा बोल्दै उनले सत्तारुढ दलले सार्वजनिक गरेको साझा संकल्प, कार्यक्रम, समझदारी, नीति सिद्धान्तसँग तालमेल र लय नमिल्ने बजेट आएको टिप्पणी गरे । बजेट निर्माणको परम्परागत प्रवृत्ति अहिलेसम्म पनि कायम रहेको सांसद गैरेको भनाइ थियो । प्रतिपक्षले बजेटलाई निहुँ बनाएर सरकार ढाल्न सकिन्छ कि भनेर विरोधका लागि विरोध गर्ने, सत्तापक्षमा रहेकाले अतिरञ्जनापूर्ण समर्थन गर्ने र दाबेदारी गर्ने दुवै प्रवृत्ति गलत रहेको गैरेले बताए ।उनले भने, ‘आलोचनात्मक ढङ्गले प्रस्तुत हुँदा सही सुझावहरू दिँदा र सुझाव स्वीकार गर्दा अर्थमन्त्री र सरकार कमजोर हुने होइन अझ बलियो र जनप्रिय बन्छ भनेर जान जरुरी छ । बजेटमा कार्यक्रम घोषणा गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक छ । बजेट सन्तुलित र संयमित भएपनि कार्यान्वयनमा चुनौती रहेको उनले औंल्याए ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...