गठबन्धन दलको साझा संकल्पसँग बजेटको तालमेल मिलेन : ठाकुर गैरे



 

 

नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले बजेटमा साझा न्यूनतम संकल्पसँग मेल नखाएको बताएका छन् ।बुधवार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा बोल्दै उनले सत्तारुढ दलले सार्वजनिक गरेको साझा संकल्प, कार्यक्रम, समझदारी, नीति सिद्धान्तसँग तालमेल र लय नमिल्ने बजेट आएको टिप्पणी गरे । बजेट निर्माणको परम्परागत प्रवृत्ति अहिलेसम्म पनि कायम रहेको सांसद गैरेको भनाइ थियो । प्रतिपक्षले बजेटलाई निहुँ बनाएर सरकार ढाल्न सकिन्छ कि भनेर विरोधका लागि विरोध गर्ने, सत्तापक्षमा रहेकाले अतिरञ्जनापूर्ण समर्थन गर्ने र दाबेदारी गर्ने दुवै प्रवृत्ति गलत रहेको गैरेले बताए ।उनले भने, ‘आलोचनात्मक ढङ्गले प्रस्तुत हुँदा सही सुझावहरू दिँदा र सुझाव स्वीकार गर्दा अर्थमन्त्री र सरकार कमजोर हुने होइन अझ बलियो र जनप्रिय बन्छ भनेर जान जरुरी छ । बजेटमा कार्यक्रम घोषणा गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक छ । बजेट सन्तुलित र संयमित भएपनि कार्यान्वयनमा चुनौती रहेको उनले औंल्याए ।

प्रतिक्रिया दिनुहोस
राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा

रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

  ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा