भारतीय लोकसभा निर्वाचन : कांग्रेस र भाजपा गठबन्धनको कडा टक्कर



हाम्रो इकोनोमि

 

 

भारतीय लोकसभा निर्वाचनमा त्यहाँका टेलिभिजन च्यानलहरुमार्फत गरिएको एक्जिट पोलले हावा खाएको टिप्पणी शुरु भएको छ । एक्जिट पोललाई राहुल गान्धीले मोदी मिडिया पोल भनेका थिए । एक्जिट पोलले भाजपालाई ४ सय सीट कटाएका थिए । तर मतगणना जारी रहदा एक्जिट पोलको दावी कमजोर देखिएको छ । एक्जिट पोलले दावी गरेभन्दा दोब्बर सीटमा कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले अग्रता लिइरहेको छ । बिजेपी गठबन्धनले एक्जिट पोलको दावी अनुसार अग्रता लिन सकेको छैन । भाजपा एक्लैले वहुमत ल्याउने दावी गरिएकोमा उसले एकल वहुमत ल्याउने सम्भावना कमजोर बनेको छ । मुस्किलले एनडीए गठबन्धनले बहुमत ल्याउन सके पनि नरेन्द्र मोदीका लागि यो नतिजा सन्तोषजनक होइन । विपक्षी गठबन्धनले २९५ सीट ल्याउने दावी गरे पनि एक्जिट पोलले १४० भन्दा तल देखाएको थियो । तर प्रारम्भिक रुझानमा विपक्षी गठबन्धनले २२६ सीटले अग्रता लिइरहेको छ । उत्तर प्रदेश,विहार,महाराष्ट्रजस्ता धेरै सीट भएका प्रदेशमा भाजपालाई विपक्षी गठबन्धनले कमजोर बनाइदिएको छ । भाजपाले क्लिनस्वीप गर्ने आँकलन गरिएका मध्यप्रदेश,राजस्थान,गुजरातजस्ता गढमा उसले अपेक्षित अग्रता लिन सकेको छैन । भाजपाले धेरै अपेक्षा गरेको पश्चिम बंगालमा पनि त्रिणमुल कांग्रेसले अग्रता लिएको छ । केही घण्टा अघिसम्म भाजपा गठबन्धनले ४ सय पार गर्ने भनेर उत्साह जनाइरहेका भारतीय टेलिभिजन च्यानलका एंकरहरुले समेत स्वर परिवर्तन गर्न थालेका छन् । इण्डिया गठबन्धनले नसोचेको अग्रता पाइरहेको र भाजपाको आँकलन कमजोर बनेको भन्दै उनीहरु एक्जिट पोलको दावीबाट पछि हट्दैछन् । कांग्रेस प्रवक्ता सुप्रिया सिन्धेले एक्जिट पोलका नाममा गरिएको तिकडमबाजीले हावा खाएको टिप्पणी गरेकी छन् । भाजपाको प्रायोजनमा पाँचौ चरणको मतदानलगत्तै २१ मे मै एक्जिट पोलको रिपोर्ट तयार पारिएको दावी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...