चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ



हाम्रो इकोनोमि

 

 

चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ पर्नुभएको छ । प्रहरीले उहाँलाई आज पक्राउ गरेको हो । आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध प्रहरीमा उजुरी दिनुभएको थियो । आफूहरूको मन्जुरीबिना फिल्म ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको बस्नेतले आरोप लगाउनु भएको छ । थापा ‘प्रसाद–२’ का निर्देशक हुन् । बस्नेतका उजुरी पछि ओएसआर डिजिटल प्रालिका सञ्चालक ओमप्रकाश अग्रवाल पनि पक्राउ परिसक्नु भएको छ । निर्देशक थापामाथि थप अनुसन्धानका लागि बौद्ध प्रहरी वृत्तमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...