काठमाडौं महानगरले भत्काएको बाटो सरकारले कालोपत्रे गर्न थाल्यो



हाम्रो इकोनोमि

 

 

फुटपाथ बनाउने भन्दै काठमाडौं महानगरपालिकाले भत्काएको बाटो डिभिजन सडक कार्यालय काठमाडौंले कालोपत्रे गर्न थालेको छ । भत्काएको सडक सम्याउन महानगरलाई दिएको निर्देशन अटेरी गरेपछि कार्यालय आफैंले कालोपत्रे गर्न थालेको हो । जवाफमा डिभिजन सडकले महानगरले काटेको पीच आफैं टाल्न भन्दै पत्र पठाएको थियो । काठमाडौं महानगरपालिकाले न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै १२ जेठमा इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशाल बजार अगाडिको सडकको कालोपत्रे काटेको थियो । त्यसक्रममा कार्यालयले महानगरको निर्माण सामग्रीसमेत नियन्त्रणमा लिएको थियो । सोहि दिन दिउँसो कठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं बाहिरको सडकमा धुलो थुपारिदिएपछि महानगर र सडक विभागबीच केही दिन नोंकझोंक नै चल्यो । त्यतिबेला उनले चक्रपथको प्रसंग जोडेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई प्रश्न उठाएका थिए । पछि १६ जेठमा महानगरलाई पत्र काट्दै सडक डिभिजन कार्यालयले २ दिनभित्र काटेको कालापत्रे फेरि जस्ताको तस्तै गर्न भनेको थियो । ‘उहाँहरुले पत्रको जवाफ दिनुभएन, अर्को ३ दिन कुर्दा पनि काम नभएपछि आज बिहानदेखि पीच गर्न सुरु गरेका हौं,’ डिभिजन सडक काठमाडौंकाले  जनाएको छ ।  काटिएको कालोपत्रेको एकातर्फ १६० र अर्कातर्फ ५० मिटर पुनः कालोपत्रे गरिँदैछ । ‘महानगरले १.१५ मिटर काटेको रहेछ दुवैतर्फ ।  आजै पिच गरेर  सक्ने सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...