टिसीयलले ल्यायो “Go Big, Go TCL” योजना



 

 

टिसीयलले टि ट्वान्टी विश्व कप २०२४ लाई लक्षित गर्दै “Go Big, Go TCL” नामक नयाँ योजना नेपाली बजारमा सार्वजनिक गरेको छ । यो अभियान अन्तर्गत ग्राहकहरूले टिसीयलको टिभी खरिदमा रू १६३,३०० सम्मको क्यासब्याक साथै प्रिमियम नेपाली जर्सी प्राप्त गर्न सक्नेछन् । टिसीयलले ३२ इन्चदेखि नेपालको सबैभन्दा ठूलो ९८ इन्चसम्मको टिभी बजारमा उपलब्ध गराउँदै आएको छ । ग्लोबल नम्बर वान गूगल टिभीको रूपमा सम्मानित सो ब्रान्डले किफायती दाममा उत्कृष्ट पिक्चर क्वालिटी दिदै आएको सो ब्रान्डले प्रत्येक नेपाली घरको आवश्यकता अनुसार टेलिभिजनहरु उपभोक्ता समू ल्याउन सफल भएको छ। थप रूपमा, टिसीयलले ग्राहकहरूलाई उनीहरूको सपनाको टिभी घरमा ल्याउन सजिलो बनाउन सीजी लोयल्टी क्लब मार्फत नो कस्ट ईएमआई, एक्सचेन्ज अफरहरू र विशेष पुरस्कारहरू जस्ता आकर्षक अफरहरु प्रदान गरेको छ । टिसीयलको ९८-इन्च टिभीको 4K रिजोल्युसन र HDR सपोर्ट जस्ता क्षमताहरूसँग उत्कृष्ट पिक्चर क्वालिटीको अनुभव प्रदान गर्दछ। यसको ठुलो डिस्प्लेको सहेताले दर्शकहरूले आफ्नो घरमै बसी स्टेडीयमको अनुभव महसुस गर्न सक्नुहुन्छ ।

टिसीएल को बारेमा

टिसीयल उपभोक्ता इलेक्ट्रोनिक्समा एक अग्रणी ब्रान्ड हो र यो उत्कृष्ट उत्पादनहरुको लागी संसारभरी प्रख्यात छ। उच्च गुणस्तरीय, अत्याधुनिक प्रविधि प्रदान गर्नमा केन्द्रित भई टिसीयल ले हामीले टेक्नोलोजी दुनियामा नविन परिवर्तन ल्याउदै आएको छ । नेपालमा टिसीएलका घरायसी उपकरणहरु चौधरी ग्रूप अन्तर्गत इ. ए. ओल.  प्रा. लि.  ले बिक्रि वितरण  गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्