प्रचण्ड-ओली र नेपालबीच सिंहदरबारमा भेटवार्ता



हाम्रो इकोनोमि

 

 

विपक्षी गठबन्धनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रचण्ड र ओलीले छलफल गरेका हुन् । छलफलपछि बाहिरिने क्रममा एमालेका अध्यक्ष ओलीले समसामयिक परिस्थितिको बारेमा छलफल भएको बताए । अध्यक्ष नेपाल बुधवार बेलुका कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको विपक्ष मोर्चाको बैठकमा सहभागी भएका थिए । नेपाल विपक्षी मोर्चाको बैठकमा सहभागी भएपछि सत्ता समीकरणमा असन्तुष्ट बढेको छ। पछिल्लो समय माधव नेपाल दोहोरो रणनीतिका साथ अघि बढेपछि एमालेले सन्तुष्ट छैन । नेकपा एसले एमाले-माओवादीसहितको गठबन्धन छाडे पनि अहिले सत्ताको गणितमा फेरबदल हुन सक्ने अवस्था छैन । केही प्रदेश सरकारमा भने माधवको पार्टी निर्णायक छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...