प्रचण्ड-ओली र नेपालबीच सिंहदरबारमा भेटवार्ता



हाम्रो इकोनोमि

 

 

विपक्षी गठबन्धनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रचण्ड र ओलीले छलफल गरेका हुन् । छलफलपछि बाहिरिने क्रममा एमालेका अध्यक्ष ओलीले समसामयिक परिस्थितिको बारेमा छलफल भएको बताए । अध्यक्ष नेपाल बुधवार बेलुका कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको विपक्ष मोर्चाको बैठकमा सहभागी भएका थिए । नेपाल विपक्षी मोर्चाको बैठकमा सहभागी भएपछि सत्ता समीकरणमा असन्तुष्ट बढेको छ। पछिल्लो समय माधव नेपाल दोहोरो रणनीतिका साथ अघि बढेपछि एमालेले सन्तुष्ट छैन । नेकपा एसले एमाले-माओवादीसहितको गठबन्धन छाडे पनि अहिले सत्ताको गणितमा फेरबदल हुन सक्ने अवस्था छैन । केही प्रदेश सरकारमा भने माधवको पार्टी निर्णायक छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...