बियर, वाइन र मदिराको अन्तःशुल्क बढ्यो



हाम्रो इकोनोमि

 

 

सरकारले बियर, वाइन र मदिरामा कर बढाएको छ । बियरमा प्रतिलिटर ५ रुपैयाँ अन्तःशुल्क बढाएको हो । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत बियर, वाइन र मदिरामा अन्तःशुल्क बढाएका हुन् ।बियरमा प्रतिलिटर २ सय ३५ रुपैयाँ रहेको अन्तःशुल्क अब २ सय ४० रुपैयाँ पुगेको छ । यस्तै वाइनमा प्रतिलिटर १६ देखि १९ रुपैयाँ अन्तःशुल्क बढेको छ । १२ प्रतिशतसम्म अल्कोहल भएको र १२ देखि १७ प्रतिशतसम्म अल्कोहल भएको वाइनमा अन्तःशुल्क ४ सय ४४ रुपैयाँबाट बढेर ४ सय ६० पुगेको हो । यस्तै १७ प्रतिशतभन्दा धेरै अल्कोहल भएको वाइनमा अन्तःशुल्क ५ सय १६ बाट १९ रुपैयाँ वृद्धि भई ५ सय ३५ पुगेको छ ।

छ्याङ (कन्ट्री बियर) को अन्तःशुल्क प्रतिलिटर ५ रुपैयाँले बढेर ४८ रुपैयाँ पुगेको छ । विभिन्न प्रकारका तयारी मदिरा १५ यूपीको प्रतिलिटर अन्तःशुल्क ६० रुपैयाँले वृद्धि भएर १ हजार ८ सय ६० पुगेको छ । सोही यूपी शक्तिमा प्रतिएलपी लिटर अन्तःशुल्क २ हजार १ सय २० रुपैयाँबाट २ हजार १ सय ८८ पुगेको हो ।

यस्तै २५ यूपीको तयारी मदिराको अन्तःशुल्क प्रतिलिटर ४५ रुपैयाँ बढेर १ हजार ३ सय ९० पुगेको छ । सोही यूपीको मदिरामा प्रतिएलपी लिटर १ हजार ७ सय ९० रुपैयाँबाट १ हजार ८ सय ५३ पुगेको छ । ३० यूपीको तयारी मदिराको अन्तःशुल्क प्रतिलिटर ४० रुपैयाँ वृद्धि भएर १ हजार २ सय ९० पुगेको हो । सोही यूपीको मदिरामा प्रतिएलपी लिटर ४० यूपी शक्ति भएको तयारी मदिरामा अन्तःशुल्क प्रतिलिटर ६ सय ३० रुपैयाँबाट वृद्धि भएर ६ सय ५० रुपैयाँ पुगेको छ ।

सोही यूपीको मदिरामा प्रतिएलपी लिटर अन्तःशुल्क १ हजार ५० बाट १ हजार ८३ रुपैयाँ पुगेको छ । ५० यूपी शक्ति भएको तयारी मदिराको अन्तःशुल्क प्रतिलिटर ४ सय ८५ बाट बढेर ९० पुग्दा प्रतिएलपी लिटर ९ सय ७० बाट बढेर ९ सय ८० पुगेको हो । ७० यूपी शक्तिको तयारी मदिराको अन्तःशुल्क प्रतिलिटर ५० बाट बढेर ६० पुगेको हो । त्यसैमा प्रतिएलपी लिटर अन्तःशुल्क १ सय ६५ बाट २ सय पुगेको छ । ५ प्रतिशतसम्म अल्कोहल भएको मदिरा मिश्रित पेय पदार्थलाई पनि अन्तःशुल्क लगाउने भएको छ । त्यसमा प्रतिलिटर २ सय ४० रुपैयाँ अन्तःशुल्क लगाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस
सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

    सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ...

इजरायल र लेबनानबीच तीन साताको लागि युद्धविराम

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि...

काठमाडौं उपत्यकाका सुकुमबासी बस्ती खाली गर्ने सरकारको तयारी

    सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्ने तयारी...

नबिल बैंकले सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

    नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न...