एमाले चितवनको अध्यक्षमा कमलराज पाठक विजयी



 

 

नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको मतदानमार्फत पाठक एमाले चितवनको अध्यक्षमा चुनिएका हुन् । कूल खसेको ७२९ मतमध्ये पाठकले ६०६ मत प्राप्त गरे । अध्यक्षका अर्का प्रत्यासी घनश्याम कंडेलले ९३ मत ल्याए । उपाध्यक्षमा श्याम विष्ट विजयी भएका छन् । विष्टले ४०४ मत ल्याउँदा उनका प्रतिष्पर्धी कृष्णकुमार डल्लाकोटीले २८४ मतमा चित्त बुझाए । सचिवमा युवा नेता प्रकाश ढुंगाना विजयी भएका छन् । ढुंगानाले ४६६ मत प्राप्त गरे भने उनिसँगै चुनाव लडेका पदमपाणी सुवेदीले २२१ मत ल्याए । त्यसैगरी, उपसचिव खुल्ला तर्फ मिन बहादुर परियार र महिलातर्फ ज्वाला पुरी (वन)विजयी भएका छन् । त्यसैगरी, सदस्यहरु तर्फ जिल्ला खुल्ला महिलामा इश्वरी शर्मा (ढकाल), विमला लामा र अञ्जुदेवी शर्मा (दाहाल) विजयी भएका छन् । जनजाति महिलातर्फ जुना तामाङ विजयी हुँदा जिल्ला युवा खुल्ला तर्फ डा. विनय शर्मा र देवप्रसाद पाठक विजयी भएका छन । त्यसैगरी खुल्ला अल्पसंख्यक तर्फ सदस्यमा पञ्चबहादुर प्रजा विजयी भएका छन् ।

     

प्रतिक्रिया दिनुहोस
किट कलेजका ९५ नेपाली विद्यार्थी घर फर्किए

    भारतको ओडिसास्थिट किट कलेजबाट निकालिएका ९५ विद्यार्थी पर्साको वीरगन्ज नाकाबाट घर

भावी पुस्ताले बिर्सन नमिल्ने दिन फागुन ७ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गतेले शासनको स्वरूपमात्र नभई सबै

अध्यादेशको विपक्षमा मतदान गर्छौँ : नेकपा एस

    नेकपा एकीकृत समावजवादीले सरकारले ल्याएको अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको

नेकपा एसको अनेरास्ववियू फुट्यो, समानान्तर कमिटी घोषणा

    नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन (अनेरास्ववियू) को असन्तुष्ट पक्षले यही