एमाले चितवनको अध्यक्षमा कमलराज पाठक विजयी



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको मतदानमार्फत पाठक एमाले चितवनको अध्यक्षमा चुनिएका हुन् । कूल खसेको ७२९ मतमध्ये पाठकले ६०६ मत प्राप्त गरे । अध्यक्षका अर्का प्रत्यासी घनश्याम कंडेलले ९३ मत ल्याए । उपाध्यक्षमा श्याम विष्ट विजयी भएका छन् । विष्टले ४०४ मत ल्याउँदा उनका प्रतिष्पर्धी कृष्णकुमार डल्लाकोटीले २८४ मतमा चित्त बुझाए । सचिवमा युवा नेता प्रकाश ढुंगाना विजयी भएका छन् । ढुंगानाले ४६६ मत प्राप्त गरे भने उनिसँगै चुनाव लडेका पदमपाणी सुवेदीले २२१ मत ल्याए । त्यसैगरी, उपसचिव खुल्ला तर्फ मिन बहादुर परियार र महिलातर्फ ज्वाला पुरी (वन)विजयी भएका छन् । त्यसैगरी, सदस्यहरु तर्फ जिल्ला खुल्ला महिलामा इश्वरी शर्मा (ढकाल), विमला लामा र अञ्जुदेवी शर्मा (दाहाल) विजयी भएका छन् । जनजाति महिलातर्फ जुना तामाङ विजयी हुँदा जिल्ला युवा खुल्ला तर्फ डा. विनय शर्मा र देवप्रसाद पाठक विजयी भएका छन । त्यसैगरी खुल्ला अल्पसंख्यक तर्फ सदस्यमा पञ्चबहादुर प्रजा विजयी भएका छन् ।

     

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...