हाम्रो मागमा छलफल गरेर जाऔँ : कांग्रेस



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर)मा सत्तापक्षको प्रस्ताव स्वीकार्न नसक्ने बताएर बालुवाटारबाट बाहिरिएको छ । बालुवाटारमा भएको दुवै पक्षका शीर्ष नेताहरूको बैठकमा कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम लेख्नुपर्ने अडान कायमै राखेको हो । बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले भने, ‘हामीले सुरुमा बचतकर्ताको रकम फिर्ताको सुनिश्चितता खोजेको छौँ । हामी त्यसमा केन्द्रित छौँ । हामी व्यक्ति केन्द्रित भएर मात्रै लेखेका छैनौँ । सहकारी विभागले समस्याग्रस्त सहकारीको सूची सार्वजनिक गर्ने, हिजोआज पनि सहकारीको रकम अपचलन भइरहेको कुरा आइरहेका छन् । उनले प्रधानमन्त्रीको भूमिका सकारात्मक भएपछि एमालेलाई लक्षित गर्दै टीओआरबारे खेलेको भूमिकाप्रति आशंका व्यक्ति गरे ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...