अर्थमन्त्रीले संसदमै बजेट पढ्नुहुन्छ : प्रमुख सचेतक बर्तौला



हाम्रो इकोनोमि

 

 

सत्तापक्षले प्रतिपक्षीको अवरोध जारी रह्यो भने पनि संसदबाटै बजेट ल्याउने तयारी गरेको छ । आज संसद बैठक बाहिर पत्रकारसँग कुरा गर्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसदबाटै बजेट ल्याइने बताए । उनले भने, ‘कांग्रेसको अवरोध र नाराबाजी भइराख्यो भने पनि अरु बाटोभन्दा संसदभित्रबाटै बजेट आउँछ । अर्थमन्त्रीले नाराबाजीका बीचबाट पनि.. नाराबाजीले डिस्टर्व र असहज भयो भने कानमा कपास राखेर भने पनि बजेट पढ्नुपर्ने हुन्छ । अरू बाटोमा जान्दैनौँ । उनले प्रमुख प्रतिपक्षसँग सहकार्य र सहमतिकै माध्यमबाट अघि बढ्ने पक्षमा आफूहरू रहेको बताए । तर, कांग्रेसको अडान सम्भव हुने खालको नभएको बर्तौलाको टिप्पणी छ । कांग्रेसको अडान सरकारमा नरहँदाको पीडाबोध मात्र हो । सरकारभन्दा बाहिर कांग्रेस रहन सक्दैन भन्ने योबीचको अवस्थाले देखाउँछ,’ उनले भने, ‘यति महत्त्वपूर्ण छलफल भइरहँदा अशिष्ट र अमर्यादितरुपमा कांग्रेस पेश भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...