अर्थमन्त्रीले संसदमै बजेट पढ्नुहुन्छ : प्रमुख सचेतक बर्तौला



 

 

सत्तापक्षले प्रतिपक्षीको अवरोध जारी रह्यो भने पनि संसदबाटै बजेट ल्याउने तयारी गरेको छ । आज संसद बैठक बाहिर पत्रकारसँग कुरा गर्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसदबाटै बजेट ल्याइने बताए । उनले भने, ‘कांग्रेसको अवरोध र नाराबाजी भइराख्यो भने पनि अरु बाटोभन्दा संसदभित्रबाटै बजेट आउँछ । अर्थमन्त्रीले नाराबाजीका बीचबाट पनि.. नाराबाजीले डिस्टर्व र असहज भयो भने कानमा कपास राखेर भने पनि बजेट पढ्नुपर्ने हुन्छ । अरू बाटोमा जान्दैनौँ । उनले प्रमुख प्रतिपक्षसँग सहकार्य र सहमतिकै माध्यमबाट अघि बढ्ने पक्षमा आफूहरू रहेको बताए । तर, कांग्रेसको अडान सम्भव हुने खालको नभएको बर्तौलाको टिप्पणी छ । कांग्रेसको अडान सरकारमा नरहँदाको पीडाबोध मात्र हो । सरकारभन्दा बाहिर कांग्रेस रहन सक्दैन भन्ने योबीचको अवस्थाले देखाउँछ,’ उनले भने, ‘यति महत्त्वपूर्ण छलफल भइरहँदा अशिष्ट र अमर्यादितरुपमा कांग्रेस पेश भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस
सिद्धबाबा सुरूङ मार्ग छिचोलियो

    राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलिएको (‘ब्रेक

यो सरकार २०८४ को निर्वाचनसम्म जान्छ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज

प्युठानको सरुमारानीमा माओबादी छोडेर सिंगो गाउँ नै एमालेमा प्रबेश

    प्युठानको सरुमारानीमा मगर र गुरुङ बस्ती रहेको सिंगो गाउँ नै माओवादी

यो सरकार काम गरेर देखाउँछ : उपप्रधानमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकार दिन गनेर नबस्ने बताएका