सरकारले मंगलबार सदनबाटै बजेट ल्याउने



हाम्रो इकोनोमि

 

 

सरकारले प्रतिपक्षीको अवरोध जारी नै रहेपनि सदनबाटै आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउने तयारी गरेको छ । आजको बैठक अन्त्य गर्दै सभामुख देवराज घिमिरेले मंगलबार दिउँसो १ बजे दुवै सदनको संयुक्त बैठकमा उपस्थितिका लागि सांसदहरूलाई आग्रह गरेका छन् । सभामुख घिमिरेले नेपालको संविधानको धारा ११९ बमोजिम जेठ १५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान पेश गर्ने जानकारी गराए । आज संसद बैठक बाहिर पत्रकारसँग कुरा गर्दै सत्तारुढ प्रमुख घटक एमाले प्रमुख सचेतक महेश बर्तौलाले पनि संसदबाटै बजेट ल्याइने बताए । प्रतिपक्षी दलहरूको निरन्तर अवरोधबीच आज प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...