सरकारले मंगलबार सदनबाटै बजेट ल्याउने



हाम्रो इकोनोमि

 

 

सरकारले प्रतिपक्षीको अवरोध जारी नै रहेपनि सदनबाटै आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउने तयारी गरेको छ । आजको बैठक अन्त्य गर्दै सभामुख देवराज घिमिरेले मंगलबार दिउँसो १ बजे दुवै सदनको संयुक्त बैठकमा उपस्थितिका लागि सांसदहरूलाई आग्रह गरेका छन् । सभामुख घिमिरेले नेपालको संविधानको धारा ११९ बमोजिम जेठ १५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान पेश गर्ने जानकारी गराए । आज संसद बैठक बाहिर पत्रकारसँग कुरा गर्दै सत्तारुढ प्रमुख घटक एमाले प्रमुख सचेतक महेश बर्तौलाले पनि संसदबाटै बजेट ल्याइने बताए । प्रतिपक्षी दलहरूको निरन्तर अवरोधबीच आज प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...