संसदमा नीति तथा कार्यक्रममाथि छलफल



हाम्रो इकोनोमि

 

 

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममाथि छलफल आरम्भ गर्न संसदमा प्रस्ताव गरेका छन् । प्रतिपक्षी सांसदहरूको अवरोधकै बीच उनले आफ्नो प्रस्ताव पेश गरेका हुन् । प्रधानमन्त्रीले प्रस्ताव राखेपछि सभामुखले दुई वटा संशोधनका सूचना प्राप्त भएको जानकारी गराए । त्यसपछि जनमोर्चाका चित्रबहादुर केसीलाई आफ्नो संशोधन प्रस्ताव राख्न उनले पाँच मिनेट समय दिए । अगाडि जान सम्भव नभएपछि केसीले आफ्नै आसनबाट उठेर भनाइ राखे । तर, उनले आफ्नो संशोधन नराखीकन सहकारी ठगीको विषयमा बोले । नीति कार्यक्रमलाई समर्थन नगर्ने भन्दै उनले भनाइ टुङ्ग्याए । अर्का संशोधनकर्ता नेमकिपाका प्रेम सुवालले भने नाराबाजीकै बीच आफ्नो संशोधन प्रस्ताव राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...