छानबिन समिति बनाएर जनतालाई न्याय दिनुपर्‍यो : ज्ञानेन्द्र शाही



हाम्रो इकोनोमि

 

 

प्रतिनिधिसभा बैठकमा आज पनि प्रतिपक्षी दलको अवरोध कायमै रह्यो । आजको बैठकमा प्रतिपक्षी दलको तर्फबाट राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कुरा राखेका छन् । शाहीले सत्ताबाहिर र सत्तामा हुँदा कुरा फेरेको भन्दै गृहमन्त्री रवि लामिछानेको आलोचना गरे । गृहमन्त्रीलाई उनको प्रश्न थियो, ‘सहकारी पीडितको बास सडकमा भएको छ । मकै पोलेको र साग बेचेर जम्मा गरेको पैसा हो । अरबपति खरबपतिको रकम होइन हैन गृहमन्त्रीज्यू ! मुटु छ कि छैन डराएको हो, खुट्टा कमाएको हो । यसअघि प्रतिपक्षमा हुँदा लामिछानेले जजसको नाम आएको छ छानबिन गरौं गृहमन्त्री प्रधानमन्त्रीले मुटु दह्रो छ ? भनेको उनले स्मरण गरे । उनले ज्वाइँले खाता खोलेको र व्यवसाय गरेको विषयलाई लिएर राप्रपा सांसद गीता बस्नेतमाथि पक्राउ पुर्जी जारी भएको जिकिर गरेका छन्  ‘गीता बस्नेत न सहकारीको सदस्य न रकम लिएको हो । उहाँलाई पक्राउ पूर्जी जारी हुन्छ । तर, गोरखा मिडियामा संलग्न गृहमन्त्रीलाई किन भएन ? गीता लाई पनि कारबाही हुनुहुँदैन म भन्दिनँ । प्रतिपक्षमा एउटा बोली सत्ता पक्षमा हुँदा अर्को बोली हुनु हुँदैन’, शाहीले भने । छानबिन समिति बनाउँदैमा दोषी र निर्दोष भन्ने नहुने भन्दै उनले समिति बनाउन साथ दिन आग्रह गरे । ‘पुरानाले गरेनन् भएनन् भनेर हामी उदायका हौं । हाम्रो पनि यस्तै तालले अघि बढ्दैन । छानबिन समिति बनाएर जनतालाई न्याय दिनुपर्‍यो’, सांसद शाहीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...