छानबिन समिति बनाएर जनतालाई न्याय दिनुपर्‍यो : ज्ञानेन्द्र शाही



 

 

प्रतिनिधिसभा बैठकमा आज पनि प्रतिपक्षी दलको अवरोध कायमै रह्यो । आजको बैठकमा प्रतिपक्षी दलको तर्फबाट राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कुरा राखेका छन् । शाहीले सत्ताबाहिर र सत्तामा हुँदा कुरा फेरेको भन्दै गृहमन्त्री रवि लामिछानेको आलोचना गरे । गृहमन्त्रीलाई उनको प्रश्न थियो, ‘सहकारी पीडितको बास सडकमा भएको छ । मकै पोलेको र साग बेचेर जम्मा गरेको पैसा हो । अरबपति खरबपतिको रकम होइन हैन गृहमन्त्रीज्यू ! मुटु छ कि छैन डराएको हो, खुट्टा कमाएको हो । यसअघि प्रतिपक्षमा हुँदा लामिछानेले जजसको नाम आएको छ छानबिन गरौं गृहमन्त्री प्रधानमन्त्रीले मुटु दह्रो छ ? भनेको उनले स्मरण गरे । उनले ज्वाइँले खाता खोलेको र व्यवसाय गरेको विषयलाई लिएर राप्रपा सांसद गीता बस्नेतमाथि पक्राउ पुर्जी जारी भएको जिकिर गरेका छन्  ‘गीता बस्नेत न सहकारीको सदस्य न रकम लिएको हो । उहाँलाई पक्राउ पूर्जी जारी हुन्छ । तर, गोरखा मिडियामा संलग्न गृहमन्त्रीलाई किन भएन ? गीता लाई पनि कारबाही हुनुहुँदैन म भन्दिनँ । प्रतिपक्षमा एउटा बोली सत्ता पक्षमा हुँदा अर्को बोली हुनु हुँदैन’, शाहीले भने । छानबिन समिति बनाउँदैमा दोषी र निर्दोष भन्ने नहुने भन्दै उनले समिति बनाउन साथ दिन आग्रह गरे । ‘पुरानाले गरेनन् भएनन् भनेर हामी उदायका हौं । हाम्रो पनि यस्तै तालले अघि बढ्दैन । छानबिन समिति बनाएर जनतालाई न्याय दिनुपर्‍यो’, सांसद शाहीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्