नेपाली कांग्रेसले काठमाडौंमा प्रदर्शन गर्ने



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भोलि काठमाडौंमा बृहत प्रदर्शन गर्दैछ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समितिको माग गर्दै सदन चर्काइरहेको कांग्रेस भोलिबाट सडकमा निस्कन लागेको हो । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णयअनुसार सरकारको ज्यादती र सहकारी ठगीविरुद्ध काठमाडौंमा प्रदर्शनको तयारी भइरहेको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए । कांग्रेसका भ्रातृ संगठनहरु नेविसंघ, तरुण दल, महिला संघलगायत यसअघि नै सडकमा आइसकेका छन् । काठमाडौंको भृकुटीमण्डपमा दिउँसो २ बजे हुने आन्दोलनको तयारी पूरा भइसकेको नेता विश्वकर्माले बताए । कांग्रेसले भोलिको प्रदर्शनलाई सरकारको अलोकतान्त्रिक र असंवैधानिक रवैया र सहकारी ठगीविरुद्ध भनेको छ । उनले भने, ‘भोलिको प्रदर्शनको कार्यक्रम काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला समितिले आयोजना गर्ने हो । केन्द्रले समर्थन गर्ने र सहभागी हुने हो । त्यसका लागि प्रचारप्रसारको काम भइरहेको छ । जिल्ला समितिले गर्ने भएपछि केन्द्रले धेरै तयारी गर्नुपर्दैन । उहाँहरुले आआफ्नो ठाउँबाट गरिरहनुभएको छ । कांग्रेसले किन खुलासभा र सडक प्रदर्शन गर्नुप¥यो भनेर जनतालाई बुझाउन तीन जिल्लाका १५ वटा निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि पठाइएको उनले बताए । कांग्रेसले काठमाडौं- १ मा अब्दुल सतार, २ मा सीता थपलिया (उर्मिला), ३ मा रंगमती शाही, ४ मा कुन्दन काफ्ले, ५ मा नैनसिंह महर, ६ मा गुरु बराल, ७ मा आङगेलु शेर्पा, ८ मा उमेशजंग रायमाझी, ९ मा डा. डिला संग्रौला र १० मा सरिता प्रसाईंलाई प्रतिनिधि बनाएर पठाएको हो । यस्तै ललितपुर- १ मा उमाकान्त चौधरी, २ मा देवेन्द्रराज कँडेल र ३ मा अर्जुन जोशीलाई पठाइएको छ । भक्तपुर- १ मा इन्द्र बानियाँ र २ मा गणेश लामालाई पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सिध्याउने खलनायक गगन थापा हुन : मोहन बस्नेत

     नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै...

कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...