माइडिया ब्रान्डका नयाँ वाटर डिस्पेन्सरहरू नेपालमा



हाम्रो इकोनोमि

 

 

वर्ल्ड नम्बरवान अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले तीन नयाँ मोडलका वाटर  डिस्पेन्सरहरू बजारमा ल्याउने भएको छ । यी नयाँ वाटर डिस्पेन्सरहरूले उच्च प्रविधि र उन्नत डिजाइन प्रदान गर्दै उपभोक्ताको जीवनशैलीलाई सहज बनाउने उद्देश्य राखेको कम्पनीले बताएको छ।

पहिलो मोडल: टप लोडिङ – हट एण्ड नर्मल-

९ लिटरको spacious क्याबिनेट सहित आउँछ, जसले प्रति घण्टा ४ लिटर पानी तताउन  सक्छ। यसको स्मार्ट र कम्प्याक्ट डिजाइनले सानो ठाउँमा पनि सजिलै फिट हुन्छ। ओभरहिट प्रोटेक्शन, डिट्याचेबल ड्रिप ट्रे र बोटल सपोर्ट जस्ता सुविधाहरू यसमा रहेका छन्। फूड ग्रेड सामग्री र स्टेनलेस स्टील वाटर ट्यांक मटेरियल प्रयोग गरी निर्माण गरिएको यो डिस्पेन्सर ५.१ केजी तौलको छ र यसको आयाम ३३०x३३०x८८५ मिमी छ।

दोस्रो मोडल,:टप लोडिङ – हट/नर्मल/कोल्ड कमप्रेसर कूलिङ:-

१६ लिटरको spacious क्याबिनेट सहित आउँछ, जसले प्रति घण्टा ४ लिटर तातो पानी र २ लिटर चिसो पानी उत्पादन गर्न सक्छ। उच्च दक्षता कमप्रेसर कूलिङ र तीन-ट्याप डिजाइनले यसलाई विशेष बनाउँछ। यसमा बाल सुरक्षा लक(Child safety lock), ओभरहिट प्रोटेक्शन, डिट्याचेबल ड्रिप ट्रे र बोटल सपोर्ट जस्ता सुविधाहरू छन्। फूड ग्रेड सामग्री र स्टेनलेस स्टील वाटर ट्यांक मटेरियल प्रयोग गरिएको यो डिस्पेन्सर १७.२ केजी तौलको छ र यसको आयाम ३१०x३६०x१००० मिमी छ।

तेस्रो मोडल:टप लोडिङ – हट एण्ड नर्मल– 

साना आकारमा प्रयोग गर्न उपयुक्त छ र यसले प्रति घण्टा ४ लिटर  पानी तताउन सक्छ। सजिलो पुश प्याडल (Easy Push Paddle) र दुई-ट्याप डिजाइनले यसलाई प्रयोग गर्न सरल बनाउँछ। यसमा पनि ओभरहिट प्रोटेक्शन रहेको छ। फूड ग्रेड सामग्री र स्टेनलेस स्टील वाटर ट्यांक मटेरियल प्रयोग गरी निर्माण गरिएको यो डिस्पेन्सर २.३ केजी तौलको छ र यसको आयाम २५४x२९५x३८७ मिमी छ।

यी तीन मोडलका पानी डिस्पेन्सरहरूमा उच्च दक्षता, ओभरहिट प्रोटेक्शन, फूड ग्रेड सामग्री र स्टेनलेस स्टील वाटर ट्यांक मटेरियल जस्ता सुविधाहरू रहेका छन्। हट, नर्मल र कोल्ड पानीको आवश्यकता पूरा गर्न सक्षम यी डिस्पेन्सरहरू सजिलो सफा गर्न मिल्ने र बाल सुरक्षा लक सहित सुरक्षित छन्। मिडिया र सीजी इलेक्ट्रोनिक्सको सहकार्यले नेपाली बजारमा उच्च गुणस्तरीय उपकरणहरू ल्याउने उद्देश्य राखेको छ। उपभोक्ताहरूले अब यी अत्याधुनिक पानी डिस्पेन्सरहरूमार्फत आफूलाई आवश्यक पर्ने विभिन्न प्रकारका पानी सुविधाजनक र सुरक्षित रूपमा पाउनेछन्। माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, रेफ्रिजेरेटर, डिशवाशर, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ ।

प्रतिक्रिया दिनुहोस
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...