गृहमन्त्रीलाई दोषी किटान गरेर समिति बन्दैन : कानूनमन्त्री



 

 

कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सदन सुचारू गरेर उठेको विषयमा छलफल गर्दै अगाडि बढ्न आग्रह गरेका छन् । गृहजिल्ला पर्वतमा पुगेका मन्त्री गिरीले कांग्रेसले सदन अवरोध गर्दै देशको राजनीति सहज ढंगले अगाडि बढ्न नसकेको बताए । उनले भने, ‘देशको राजनीति अहिले सहज छैन। संसद सहज ढंगले अगाडि बढ्न सकेको अवस्था छैन। कांग्रेसले विभिन्न विषयलाई उठाएर गतिरोध गर्ने काम गरिरहेको छ। त्यसैले अहिलेसम्म नीति तथा कार्यक्रम छलफल गरेर पास गर्न सकेका छैनौं । बजेटको तयारी गर्न सकेका छैनौं । नागरिकहरूले आफ्ना मुद्दा संसदमा उठ्नुपर्‍यो भनिराखेका छन् त्यो हुन नसक्दा सिंगो व्यवस्थामाथि नै प्रश्न उठिरहेका छन्। निराशा बढ्दैछ। छानबिन समिति गठन गर्नको लागि गठन गरिएको कार्यदलको संयोजक समेत रहेका मन्त्री गिरीले सहकारीको विषयमा कांग्रेसको माग अनुसार नै संसदीय छानविन समिति बनाउन तयार रहेको बताए । हामीले कम्पनी र सहकारीको नाम लेखौं व्यक्तिमाथि नजाऔं, छानबिन अघि नै गृहमन्त्रीले रकम अपचलन गरेको भन्ने कुरा कसरी न्यायसंगत हुन्छ ? छानबिन पनि जो भएपनि कारवाहीको दायरामा आउनुपर्छ । पहिला नै यो व्यक्ति दोषी हो भनेर किटार गरेर सहमति गर्न सकिँदैन ।

प्रतिक्रिया दिनुहोस
पिकनिक गएर फर्केको स्कुल बस शंकरापुरमा दुर्घटना

    काठमाडौंको शंकरापुर नगरपालिका शंकरापुरमा स्कुल बस दुर्घटना भएको छ । जिल्ला

विद्रोह गर्छु भन्नेहरुलाई साँगा कटाउनुपर्ने हुनसक्छ : ओली

    प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्रोह गर्छु भन्दै

मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा बबरमहलमा बाढी

     काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको छ । पाइप फुटेपछि

प्रहरीमाथि हातपात गर्ने जोसुकैलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

     गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुर्व्यवहारका