गृहमन्त्रीलाई दोषी किटान गरेर समिति बन्दैन : कानूनमन्त्री



हाम्रो इकोनोमि

 

 

कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सदन सुचारू गरेर उठेको विषयमा छलफल गर्दै अगाडि बढ्न आग्रह गरेका छन् । गृहजिल्ला पर्वतमा पुगेका मन्त्री गिरीले कांग्रेसले सदन अवरोध गर्दै देशको राजनीति सहज ढंगले अगाडि बढ्न नसकेको बताए । उनले भने, ‘देशको राजनीति अहिले सहज छैन। संसद सहज ढंगले अगाडि बढ्न सकेको अवस्था छैन। कांग्रेसले विभिन्न विषयलाई उठाएर गतिरोध गर्ने काम गरिरहेको छ। त्यसैले अहिलेसम्म नीति तथा कार्यक्रम छलफल गरेर पास गर्न सकेका छैनौं । बजेटको तयारी गर्न सकेका छैनौं । नागरिकहरूले आफ्ना मुद्दा संसदमा उठ्नुपर्‍यो भनिराखेका छन् त्यो हुन नसक्दा सिंगो व्यवस्थामाथि नै प्रश्न उठिरहेका छन्। निराशा बढ्दैछ। छानबिन समिति गठन गर्नको लागि गठन गरिएको कार्यदलको संयोजक समेत रहेका मन्त्री गिरीले सहकारीको विषयमा कांग्रेसको माग अनुसार नै संसदीय छानविन समिति बनाउन तयार रहेको बताए । हामीले कम्पनी र सहकारीको नाम लेखौं व्यक्तिमाथि नजाऔं, छानबिन अघि नै गृहमन्त्रीले रकम अपचलन गरेको भन्ने कुरा कसरी न्यायसंगत हुन्छ ? छानबिन पनि जो भएपनि कारवाहीको दायरामा आउनुपर्छ । पहिला नै यो व्यक्ति दोषी हो भनेर किटार गरेर सहमति गर्न सकिँदैन ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...