सभामुखलाई महाअभियोग लगाउने कांग्रेसको चेतावनी



 

 

 प्रमुख विपक्षी नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेविरुद्ध महाअभियोग लगाउने चेतावनी दिएको छ । पार्टीभित्र र विपक्षी दलहरुको बैठकमा सभामुखलाई महाअभियोग लगाउनेबारे छलफल भएको महामन्त्री विश्वप्रकाश शर्माले पुष्टि गरेका छन् ।  शर्माले एक टेलिभिजनसँगको अन्तर्वार्तामा भने, ‘सभामुखले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ । हाम्रोबीचमा महाअभियोगको बारेमा पनि कुरा उठेको हो । सभामुखको जे भूमिका छ, महाअभियोगको प्रस्ताव दर्ता गरौं न । हटाउन नसकिएला तर रोक्न त सकिन्छ नि केही समय । लाञ्छित त हुनुपर्ला नि ! त्यो सम्मको पनि कुरा भएको छ हामीबीच । हामी त्यसमा पुगिहालेका छैनौं । तर, यो खालको अवस्था प्रतिपक्षी दलहरूबीच उठ्नु भनेको कतिसम्मको अवस्था हो त । सभामुखको भूमिका सत्तापक्षको सहयोगी भएको भन्दै विपक्षी गठबन्धनमा यसबारे छलफल भएको शर्माले बताएका छन् । विश्वासको मत लिने बेला सभामुखले नारबाजीबीच सदनको कारबाही अघि बढाएपछि कांग्रेस आक्रोशित छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्