इन्जिनियर नवीन पोखरेल झुन्डिएको अवस्थामा मृत फेला



हाम्रो इकोनोमि

 

 

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएको ३ दिन दिनपछि सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । बिहीबार बिहान ८ बजे आफ्नै घरको भर्‍याङमा उनी झुन्डिएको अवस्थामा मृत भेटिएको भक्तपुर प्रहरीले जनाएको छ । विशेष अदालतले जेठ ८ गते पोखरेललाई दोषी ठहर गर्दै ६ महिना कैद तथा ५ करोड ८४ लाख ५५ हजार एक सय ५९ रूपैयाँ जरिवाना र सो बराबरको बिगो रकम असुलको फैसला सुनाएको थियो ।५७ वर्षीय पोखरेल वन तथा वातावरण मन्त्रालयमा उपसचिवस्तरमा कार्यरत रहेका बेला गत वर्ष निलम्बनमा परेका थिए । प्रहरीका अनुसार घटनास्थलबाट सुसाइड नोट फेला परेको छ जसको प्रारम्भिक अनुसन्धानमा प्रहरीले पोखरेलले आत्महत्या गरेको हुन सक्ने अनुमान छ । उक्त नोटमा पोखरेलले अन्य कसैलाई दोष नदिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...