छिमेकीसँगको राम्रो सम्बन्धले मात्र नेपाल समृद्ध बन्छ : डा. राजन भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले छिमेकी मुलुकहरु भारत र चीनसँग राम्रो सम्बन्धले मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य साकार बनाउन सकिने बताउनुभएको छ । परराष्ट्र मामिला विभागले आज बिहान आयोजना गरेको ‘बदलिंदो परिवेशमा विदेश नीतिका मुद्दाहरू’ विषयक राउण्ड टेबल बैठकमा प्रमुख डा. भट्टराईले छिमेकी भारत र चीनसँग राम्रो सम्बन्ध स्थापित गर्न निरन्तर वार्ता र छलफल गरिनुपर्नेमा जोड दिनुभयो । वार्ता र छलफलले नै दुई देशबीचको समस्या समाधान हुने र सम्बन्धमा सुधार आउने उहाँले बताउनुभयो। अब आर्थिक कुटनीतिमा केन्द्रीत हुनुपर्ने उहाँको विचार छ ।

डा. भट्टराईले मुलुकमा वैदेशिक हस्तक्षेप रोक्न तथा कसैको प्रभाव र दबाबमा नपर्न कहिले कता, कहिले कता झुकाव राख्न नहुनेमा जोड दिनुहुँदै वैदेशिक हस्तक्षेपलाई निर्मूल गर्दै नेपाललाई स्वतन्त्रतापूर्वक रूपमा हिंडाउनु पर्ने एमालेको नीति रहेको बताउनुभयो । उहाँले भारतसँगको १९५० को सन्धि असमान र असान्दर्भिक रहेको समेत चर्चा गर्नुभयो । चीनसँग बीआरई कार्यान्वयन गर्नुपर्ने र नेपालले अधिकतम लाभ लिनुपर्ने बताउनुभयो । कसैको प्रभाव र दबाबमा नपरी नेपाल र नेपालीको हितमा हेर्ने एमालेको परराष्ट्र नीति रहेको उल्लेख गर्नुभयो । बैठकको विदेश मामिला विभाग सचिव डा. अञ्जान शाक्यले सहजीकरण गर्नुभएको थियो भने विभागका सदस्यहरूले बदलिंदो परिवेशमा एमालेको विदेश नीतिका बारेमा धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...