होटल सरोवर र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंकको विशेष छुट



हाम्रो इकोनोमि

 

 

 

 

पर्यटकीय सदरमुकाम पोखरा को लेकसाइडमा अवस्थित होटल सरोवर प्रा.लि र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंक लिमिटेडद्घारा आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
मिति २०८१।०२।०८ गते छुट्टाछुट्टै समारोहका बीच होटल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतिक पहारी, किङ्गस लाउन्ज पोखराको तर्फबाट सञ्चालन प्रबन्धक अजय नकर्मी र प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख प्रदेश अधिकृत गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन । सम्झौता अनुसार प्रभु बैंकका ग्राहकबर्ग, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारी का परिवारजनले होटल सरोवरमा उपलब्ध सेवा हरु जस्तै आवास, खाना, मनोरञ्जन सभाहल र पौडि लगायतका सेवा हरुमा बिशेस छुट प्राप्त गर्न सक्नेछन भने किङ्गस लाउन्ज पोखरामा उपलब्ध सेवाहरु जस्तै खाना, खाजा, तथा मनोरञ्जन सुबिधामा बिशेस छुट प्राप्त गर्न सक्नेछन । साथै प्रभु बैंकका कर्मचारी तथा ग्राहक हरुले आफ्नो बैंक सँगको आबद्घताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सकिनेछ । नेपालको पर्यटन क्षेत्रमा लामो समयदेखि निरन्तर रुपमा लागि राख्नु भएको प्रा.डा. भरत पहारी द्घारा सन्चालीत होटल सरोवर पोखराको लेकसाइडमा एकै छाना मुनी अत्याधुनिक सेवा तथा सुबिधाहरु उपलब्ध गराउँदै आएको छ भने किङ्गस लाउन्ज पोखरा युवा तथा सँगितपे्रमि लक्षित होटल तथा रेष्टुरेण्ट को रुपमा बहुचर्चित पाईन्छ । त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधी बाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यलयहरु, २८५ एटीयम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा वढि ग्राहकहरुलाई “बिश्वास लिन्छौं बिश्वास दिन्छौं” मुल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधी मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । समारोहमा प्रभु बैंक गण्डकी प्रदेशका सञ्चालन जोखिम अधिकृत ज्योतिकृष्ण लामिछाने, प्रदेश व्यापार प्रबन्धक विक्रम गिरी्, होटल सरोवरका म्यानेजर मनिस श्रीवास्तव तथा किङ्गस लाउन्ज पोखरा प्रबन्धक मदन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...

पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको भन्दै ओसीम र प्रियंका पक्राउ

    पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र ओसीम...

एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...