बहुचर्चित बहुलोकप्रिय माइडिया ब्रान्डको डिशवाशर नेपालमा



हाम्रो इकोनोमि

 

 

वर्ल्ड नम्बरवान अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक  बिएलडिसी (BLDC) मोटर र WiFi आधारित IoT स्मार्ट सिस्टमको साथमा स्मार्टहोम एपको सुविधा  रहेको मिडिया ब्राण्डको नयाँ डिशवाशर नेपाली बजारमा उपलब्ध गराएको जानकारी दिएको छ । अन्तरास्ट्रिय बजारमा अत्यन्त लोकप्रिय माइडिया ब्रान्डको डिशवाशर नेपाली  बजारमा उपलब्ध गराउन पाउँदा अत्यन्त उत्साहित रहेको कम्पनिको विज्ञप्तिमा उल्लेख रहेको छ।  विषेस गरि नेपालमा संयुक्त परिवारहरु हुने गर्छन,  नेपाली घर परिवारको लागि उपयुक्त हुने १२ प्लेट सेटिङले  ठूलो परिवारका लागि उपयुक्त क्षमता प्रदान गर्दछ। साथै नेपाली भान्सामा प्रयोग हुने बिभिन्न प्रकारका चिल्ला भाडाहरुपनि सजिलै सफा गर्दछ यो डिशवाशरमा एलईडी लाइट र डिस्प्ले इन्डिकेटर(LED Light and Display indicator) पनि छ, जसले तपाईँलाई सजिलो निगरानी गर्न मद्दत गर्दछ।  आफैं सफा हुने फिल्टर सिस्टमले सजिलो मर्मत र सफाईको सुविधा दिन्छ ।  माइडिया डिशवाशरले विशेषगरी सफाई र स्वास्थ्य सुरक्षामा उच्च ध्यान दिएको छ। यसको एण्टी ब्याक्टेरियल फीचर र अल्ट्रा हाईजिन (Anti-Bacterial Filter with Ultra Hygiene) प्रणालीले भाँडाहरूलाई ब्याक्टेरिया र कीटाणुबाट सुरक्षित राख्छ ।  यो डिशवाशर दुई तहको बास्केट सहित आउँछ, जसले विभिन्न आकार र प्रकारका भाँडाहरू राख्न सजिलो बनाउँछ। बटन कन्ट्रोल (Button Control) प्रणालीले सहज सरसफाई को सुविधा दिन्छ। साथै, बालबालिकाको सुरक्षा लक (Child Lock) ले बच्चाहरूलाई सुरक्षित राख्न मद्दत गर्दछ । यसमा डिले  टाइमर (Delay timer) समेत छ, जसले तपाईँले चाहेको समयमा डिशवाशरलाई संचालन गर्न सक्छ। ८ प्रकारका प्रोग्राम सेटिङ्सले विभिन्न धुलाई आवश्यकताहरू पूरा गर्न सक्छ । पावर वाश (Power Wash) विकल्पले अत्यधिक फोहोर भाँडाहरूलाई सफाई गर्न मद्दत गर्दछ । मिडिया डिशवाशरले तपाईँको भान्साको कामलाई सरल, सफा र सुविधाजनक बनाउनेछ । यसको अत्याधुनिक प्रविधि र सुविधाहरूले आधुनिक परिवारहरूको आवश्यकता र व्यस्ततालाई ध्यानमा राखेर डिजाइन गरिएको छ । सीजी इलेक्ट्रोनिक्सले सधैं गुणस्तरीय र प्रविधियुक्त उत्पादनहरू नेपाली बजारमा ल्याउन प्रतिबद्ध छ। हामीलाई विश्वास छ कि नयाँ मिडिया डिशवाशरले नेपाली उपभोक्ताहरूको मन जित्नेछ कम्पनीले आफ्नो विज्ञप्तिमा जनाएको छ । माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...

बदनाम शेयर कारोबारी दीपेन्द्र अग्रवालको अर्को बदमासी, भोटेकोशी हेली रिसोर्टका सञ्चालक सुवास प्रधानलाई यसरी अप्ठेरोमा पारे

  शेयर बजारका बदनाम खेलाडी दीपेन्द्र अग्रवाल चलिरहेको एउटा रिसोर्ट सञ्चालनमा प्रवेश गरेर...

दश महिनामा १७ खर्बको आयात, दुई खर्ब मात्रै निर्यात

    चालू आर्थिक वर्ष २०८२/८३ को दश महिनामा १९ खर्ब भन्दा बढीको...

एकै छानामुनि सबै ब्रान्ड, किन बन्दैछ CG Digital उपभोक्ताको पहिलो रोजाइ ?

    आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल...