एकसिंगे गैँडाको खागसहित ६ जना पक्राउ



 

 

दुई करोडमा किनबेचका लागि मोलमोलाई भइरहेको दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाको खागसहित ६ जना चितवनको भरतपुरबाट पक्राउ परेका छन् । नौ वर्षअघि नवलपरासीको कावासोती नगरपालिका गुन्द्रेढाकाहा मध्यवर्ती सामुदायिक वनमा मृत फेला परेको गैँडाको खाग बिक्रीका लागि मोलमोलाइ भइरहेका वेला चितवन राष्ट्रिय निकुञ्जको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।  गत २७ चैतमा पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धानपछि निकुञ्जले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । कावासोती– १५ का ५० वर्षीय छविलाल परियार र ३६ वर्षीय प्रकाश घिमिरे, कावासोती– १६ का २९ वर्षीय क्रान्ति खड्का र ३८ वर्षका लेखनाथ सुनार पक्राउ परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृतले जानकारी दिए । उनका अनुसार बुलिङटार गाउँपालिका– ४ का ३५ वर्षीय खिमबहादुर बराल र बझाङ छबिसपाथीभरा गाउँपालिका– १ का २७ वर्षीय प्रकाशराज जोशी पनि पक्राउ परेका छन् । गैँडाको खाग कारोबारका अर्का आरोपी अर्जुन थापा भने फरार रहेको निकुञ्जले जनाएको छ ।  बरामद खाग २.४ इन्च उचाइ र ६० ग्राम तौलको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार गैँडाको खागको खरिद तथा बिक्री मुद्दामा बढीमा १० लाख रुपैयाँ जरिवाना, १५ वर्ष कैद कैद र जरिवाना दुवै हुने कानुनी व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्