सिरोहिया पक्राउ अपराध ढाकछोप गर्ने दुष्प्रयास : गगन



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभाको सांसद गगन थापाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैला सिरोहिया पक्राउ गर्नु अपराध ढाकछोप गर्ने दुष्प्रयास भएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापाले गल्ती गरेको भएमा जस्तै शक्तिशाली भए पनि सजायको भागिदार हुनुपर्ने तर सिरोहिया पक्राउ भने प्रतिशोध साँध्न गरिएको दाबी गरेका छन् ।

‘म यसमा पनि प्रष्ट छु, आज कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कानून विपरितको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि यो वदनियतपूर्ण ढङ्गले प्रतिशोध पुरा गर्न गरिएको बहाना मात्र हो’, उनले लेखेका छन्, ‘मुख्य कुरा, यो राज्य सत्ताको पहुँचको दुरुपयोग गर्दै आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास हो । आफूमाथिका प्रश्न रोक्न यस्ता असफल प्रयास हिजो निरङ्कुशकालमा र सत्ता शक्तिको उन्मादमा धेरै पटक भएका हुन – हेक्का रहोस् । सिरोहियालाई प्रहरीले नागरिकता किर्तेको प्रकरणमा अनुसन्धान गर्न बुधबार साँझ पक्राउ गरेको थियो ।

यस्तो छ गगनको टिप्पणीः

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...