विकल पौडेललाई २ वर्ष कैद, २५ कराेड जरिवाना



 

 

विशेष अदालतले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको ठहर गरेको छ । अख्तियारद्वारा दायर मुद्दामा फैसला सुनाउँदै सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई २ वर्ष कैद सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकबहादुर कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले २५ करोड ४७ लाख १ हजार ६८ रूपैयाँ असुलउपर गर्नुपर्ने पनि ठहर गरेको छ । विकलले सम्झौताविपरुीत गुणस्तरहीन विद्युतीय ट्रान्सफरमर खरिद गरेको प्रमाणबाट पुष्टि भएको विशेष अदालतले जनाएको छ । खरिद सम्झौता बमोजिम मर्मत नगरी झूटो बिलको आधारमा भुक्तानी दिएको पनि विशेष अदालतको ठहर छ । विकलमाथि अमेरिकाको पीआर लिएर त्यसबारेको विवरण लुकाइ नेपालमा नियुक्ति लिएको साथै अकुत सम्पत्ति आर्जनको दुई मुद्दा विचाराधीन छ । उक्त मुद्दामा नवीनकुमार ६ महिना कैद र ५ करोड ८४ लाखभन्दा बढी जरिवाना तोकिएको छ । रोहितमान प्रधानलाई पनि ५ करोड ८४ लाख बढी विगो असुल गर्नुपर्ने फैसला गरिएको छ । विशेष अदालतले परामर्शदाता भुवन महर्जनबाट ५ करोड ७९ लाख ६२ हजार १३५ रूपैयाँ जरिवाना तोकेको छ । प्रतिवादी बनाइएका रमेशप्रसाद पोखरेल, मनिकमान महर्जन, शिरिष उपाध्याय, रामबहादुर बुढा र मीनलाल गुरौंलाई सफाइ दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्