विकल पौडेललाई २ वर्ष कैद, २५ कराेड जरिवाना



हाम्रो इकोनोमि

 

 

विशेष अदालतले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको ठहर गरेको छ । अख्तियारद्वारा दायर मुद्दामा फैसला सुनाउँदै सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई २ वर्ष कैद सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकबहादुर कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले २५ करोड ४७ लाख १ हजार ६८ रूपैयाँ असुलउपर गर्नुपर्ने पनि ठहर गरेको छ । विकलले सम्झौताविपरुीत गुणस्तरहीन विद्युतीय ट्रान्सफरमर खरिद गरेको प्रमाणबाट पुष्टि भएको विशेष अदालतले जनाएको छ । खरिद सम्झौता बमोजिम मर्मत नगरी झूटो बिलको आधारमा भुक्तानी दिएको पनि विशेष अदालतको ठहर छ । विकलमाथि अमेरिकाको पीआर लिएर त्यसबारेको विवरण लुकाइ नेपालमा नियुक्ति लिएको साथै अकुत सम्पत्ति आर्जनको दुई मुद्दा विचाराधीन छ । उक्त मुद्दामा नवीनकुमार ६ महिना कैद र ५ करोड ८४ लाखभन्दा बढी जरिवाना तोकिएको छ । रोहितमान प्रधानलाई पनि ५ करोड ८४ लाख बढी विगो असुल गर्नुपर्ने फैसला गरिएको छ । विशेष अदालतले परामर्शदाता भुवन महर्जनबाट ५ करोड ७९ लाख ६२ हजार १३५ रूपैयाँ जरिवाना तोकेको छ । प्रतिवादी बनाइएका रमेशप्रसाद पोखरेल, मनिकमान महर्जन, शिरिष उपाध्याय, रामबहादुर बुढा र मीनलाल गुरौंलाई सफाइ दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...