सरकार तानाशाही, सभामुख दलको कार्यकर्ता जस्तो : कांग्रेस



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसले सरकारले तानाशही प्रवृत्ति देखाएका आरोप लगाएको छ । कांग्रेससहित विपक्षी दलहरूको नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि पर्याप्त समय हुँदा हुँदै पनि सरकारले बलमिचाइँ गरेको प्रमुख सचेतक रमेश लेखकले बताए । उनले भने, ‘निर्बाध रूपले सदन सञ्चालन हुने अवस्था हुँदा हुँदै सरकारले बलमिचाइँ गर्‍यो । र, तानाशाही प्रवृत्ति देखायो । पर्याप्त समय हुँदा हुँदै पनि आज अवरुद्ध सदनको बीचमा बहुमत सिद्ध गर्ने नाटक गर्‍यो यो नेपालको संसदीय इतिहासमा नौलो र दुखदायी घटना मन्चन गरेको छ । यसले संसदीय मूल्य मान्यतालाई कमजोर पारेको छ । विपक्षीलाई बोल्न नदिएर आजै विश्वासको मत लिन जिद्दी गर्ने सरकारले नाटक गरेको छ त्यो खेदजनक छ । बैठकले सभामुख देवराज घिमिरे कुनै दलको कार्यकर्ताको ढंगले प्रस्तुत भएको निष्कर्ष निकालेको बताए ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...