सरकार तानाशाही, सभामुख दलको कार्यकर्ता जस्तो : कांग्रेस



 

 

नेपाली कांग्रेसले सरकारले तानाशही प्रवृत्ति देखाएका आरोप लगाएको छ । कांग्रेससहित विपक्षी दलहरूको नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि पर्याप्त समय हुँदा हुँदै पनि सरकारले बलमिचाइँ गरेको प्रमुख सचेतक रमेश लेखकले बताए । उनले भने, ‘निर्बाध रूपले सदन सञ्चालन हुने अवस्था हुँदा हुँदै सरकारले बलमिचाइँ गर्‍यो । र, तानाशाही प्रवृत्ति देखायो । पर्याप्त समय हुँदा हुँदै पनि आज अवरुद्ध सदनको बीचमा बहुमत सिद्ध गर्ने नाटक गर्‍यो यो नेपालको संसदीय इतिहासमा नौलो र दुखदायी घटना मन्चन गरेको छ । यसले संसदीय मूल्य मान्यतालाई कमजोर पारेको छ । विपक्षीलाई बोल्न नदिएर आजै विश्वासको मत लिन जिद्दी गर्ने सरकारले नाटक गरेको छ त्यो खेदजनक छ । बैठकले सभामुख देवराज घिमिरे कुनै दलको कार्यकर्ताको ढंगले प्रस्तुत भएको निष्कर्ष निकालेको बताए ।

प्रतिक्रिया दिनुहोस
चन्द्रागिरिको वनमा आगलागी

  काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ ।आगलागी भएको

माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको