कांग्रेसको गतिविधि कलंकका रुपमा स्थापित हुनेछ : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा नाराबाजी गरिरहेका कांग्रेसप्रति आक्रोश पोखेका छन् ।विपक्षी दलहरुको वेल घेराउ र नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए । नाराबाजीकै बीच एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रस्तावको समर्थनमा बोले । त्यसपछि जवाफ दिन रोष्ट्रममा उपस्थित भएका प्रधानमन्त्रीले वेल घेराउ गरिहेका कांग्रेस सांसदहरुप्रति आक्रोश पोखे । उनले सम्बोधनको सुरुमै भने, ‘म अवरोधमा रहेका माननीय सदस्यहरुलाई भन्न चाहन्छु, तपाईंहरुले आज बहुत गलत गर्नुभयो । विगतमा पटकपटक कांग्रेसलाई साथ दिएको र यो पटक पनि सम्वादमा सहमतिमा ल्याउन पहल गरेको आफूलाई संविधानअनुसार विश्वासको मत लिन समेत नदिएको भन्दै उनले भने, तपाईंहरुले इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । म गहिरो दुःख व्यक्त गर्न चाहन्छु । यो गतिविधि कांग्रेसका लागि चर्को मूल्य पर्ने भन्दै उनले अगाडि भने, ‘आजको तपाईहरुको यो गतिविधि नेपालको इतिहासमा राम्रैसँग स्थापित हुनेछ कलंकका रुपमा ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...