गृहमन्त्री हिंस्रक रुपमा प्रस्तुत भए : कांग्रेस



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने हिँजोको संसद बैठकमा हिंस्रक रुपमा प्रस्तुत भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । अरुलाई आरोप लगाएर आफू माथिको आरोपबाट लामिछाने भाग्न खोजेको भन्दै लेखेकले कांग्रेसलाई लामिछानेले लगाएका आरोपमा निष्पक्ष छानबिन गर्न मागसमेत गरेको छ । आज बिहान कांग्रेस संसदीय दलको बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले हिजोको संसद बैठकमा सम्बोधन गर्ने क्रममा गृहमन्त्री लामिछाने असभ्य, कपोलकल्पित र हिंस्रक ढंगले प्रस्तुत भएको बताए । त्यसबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने उनले जानकारी दिए ।सहकारीको रकम अपचलनमा मुछिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने अडानमा कायमै रहने निर्णय पनि गरेको प्रमुख सचेतक लेखकले बताए । प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भनेर पत्रकारहरुले सोधेको प्रश्नमा लेखकले सहज ढंगले विश्वासको मत लिने भए संसदीय छानबिन समिति बनाएर आउन अनुरोध गरे ।  प्रधानमन्त्री प्रचण्डले आजको संसद बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...