एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशनबाट निरक गुरुङ अध्यक्ष पदमा निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाबाट गुरुङ प्रतिद्वन्द्वी डिल्ली बीसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । गुरुङले २७३ मत प्राप्त गर्दा बीसीले १४६ मत मात्र प्राप्त गर्न सकेका छन् । निर्वाचनबाट उपाध्यक्षमा रत्न खत्री विजयी भएका छन् । प्रदेश सरकारका सामाजिक विकास मन्त्रीसमेत रहेका खत्रीले २९२ मत पाएका छन् । उनीसँग चुनाव लडेका युवा उम्मेदवार रवीन्द्र लम्सालले १३४ मत पाएका छन् ।त्यसैगरी सचिव पदमा बलराम भट्टराई १३६ मतका साथ बिजयी हुँदा खिल प्रसाद भुसालले १०० मत, भिम वलीले ८९ मत र दत्त आचार्यले ८३ मत पाएका छन् । उपसचिव महिलामा निर्मला सुनार बिजयी भएकी छन् भने पुरुषमा किशोर थापा बिजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...