एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशनबाट निरक गुरुङ अध्यक्ष पदमा निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाबाट गुरुङ प्रतिद्वन्द्वी डिल्ली बीसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । गुरुङले २७३ मत प्राप्त गर्दा बीसीले १४६ मत मात्र प्राप्त गर्न सकेका छन् । निर्वाचनबाट उपाध्यक्षमा रत्न खत्री विजयी भएका छन् । प्रदेश सरकारका सामाजिक विकास मन्त्रीसमेत रहेका खत्रीले २९२ मत पाएका छन् । उनीसँग चुनाव लडेका युवा उम्मेदवार रवीन्द्र लम्सालले १३४ मत पाएका छन् ।त्यसैगरी सचिव पदमा बलराम भट्टराई १३६ मतका साथ बिजयी हुँदा खिल प्रसाद भुसालले १०० मत, भिम वलीले ८९ मत र दत्त आचार्यले ८३ मत पाएका छन् । उपसचिव महिलामा निर्मला सुनार बिजयी भएकी छन् भने पुरुषमा किशोर थापा बिजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...