प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची



 

 

प्रतिनिधिसभाको बैठक आज बस्दैछ । कांग्रेसको अवरोधले निरन्तर विथोलिएको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्न लागेकाे हाे । शुक्रबार बिहान ११ बजे बस्ने गरी बोलाएको बैठक बस्दै नबसी आइतबार बिहान ११ बजेसम्मको लागि स्थगित गरिएको थियो । बिहीबारको बैठकमा कांग्रेस र एमाले सांसदहरुबीच हात हालाहालको स्थिति उत्पन्न भएको थियो । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएको छ ।आजको संसद बैठकमा भने गृहमन्त्रीले बोल्ने कार्यसूची रहेको छ । शुक्रबारको कार्यसूचीमा भने गृहमन्त्रीले बोल्ने कार्यसूची थिएन । संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको कार्यसूचीमा ६ वटा विषय छन् । पहिलोमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । त्यसपछि सभामुखले नै प्रतिनिधिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्ने कार्यसूची छ । तेस्रो कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्नेछन् । त्यसैगरी सभामुखले राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस
ग्वार्कोको ओभरपास भोलिदेखि संचालनमा आउने

    ललितपुरको ग्वार्को स्थित ओभरपासमा भोलिदेखि सवारी गुड्न पाउने भएका छन् ।

स्वतन्त्र समूहलाई एकैठाउँमा ल्याउने रास्वपाको पहल

    राष्ट्रिय स्वतन्त्र पार्टीले वैकल्पिक राजनीति पक्षधर तथा स्वतन्त्र समूहहरूसँग सहकार्यको प्रयास

दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रिपोर्ट

    दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता

बाढी, पहिरोले बुटवल-नारायणगढ सडक अवरुद्ध

    बाढी र पहिरोले पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक