प्रधानमन्त्री प्रचण्डले देउवालाई बोलाए बालुवाटार



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरूलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । संसद सुरचारुका लागि सहमति खोज्न प्रचण्डले साँझ ६ बजे बोलाएको निकट स्रोतले बतायो । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राखिरहेको कांग्रेसले आज विपक्षी अन्य दलसँग संयुक्त छलफल गरेको थियो । विपक्षी मोर्चाको उक्त बैठकले संसदीय छानबिन समिति नै चाहिने निष्कर्ष निकालेको छ । राप्रपाले भने गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्ने प्रस्ताव राखेको थियो । तर, त्यसमा केही निचोड निस्केन । विपक्षी दलहरू छलफलमा जुटिरहँदा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेबीच सिंहदरबारमा छलफल भएको थियो । ११ बजेलाई बोलाइएको संसद बैठक विपक्षीको आग्रहपछि  स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...