गृहमन्त्रीलाई बोल्न दिने सहमति भइसकेको छैन : कांग्रेस



 

 

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सदन खुलाउने बिषयमा सरकारसँग कुनै छलफल भइनसकेको बताएका छन् । ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकअघि सहमति जुटाउने विभिन्न विकल्पमा छलफल भइरहेको बताए । उनले भने- ‘हामीले हाम्रो मागबाट व्याक भएका छैनौं । उहाँहरुले गृहमन्त्रीको नाम नजोडी छानबिन समिति बनाऔं भनिराख्नुभएको छ । अहिलेसम्म कुनै सहमति भएको छैन । छलफल भइरहेको छ ।’ उनले समितिको विषयमा कुनै सहमति नभइ गृहमन्त्रीलाई बोल्न दिने पक्षमा नरहेको बताए । त्यसो त कांग्रेसकी सचेतक सुशीला थिङले पनि सदन खुलाउने विषयमा छलफल भइरहेको बताइन् । कांग्रेस गृहमन्त्रीलाई सदनमा बोल्न दिन तयार भएको हो ? भन्ने जिज्ञासामा उनी भन्छिन्- अहिले हामी छलफलमा छौं । हामीले उठाएको माग सरकारले सम्बोधन गरे त सदनमा बोल्न पाइहाल्नुहुन्छ नि !’ तर, प्रधानमन्त्रीले गृहमन्त्रीलाई सदनमा बोल्न दिए त्यसपछि समिति बनाउने बिषयमा छलफल गरेर अघि बढ्ने सन्देश पठाएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
भारतमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

      भारतको उत्तराखण्डको केदारनाथ नजिकै गौरीकुण्ड क्षेत्रमा आज बिहान हेलिकप्टर दुर्घटना

इरानद्वारा इजरायलमा हमला, कम्तीमा ८ जनाको मृत्यु

       इरानले इजरायलमाथि अहिलेसम्मकै भयंकर हमला गरेको छ । हमलामा परी

कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार

रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी

          हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का