गृहमन्त्रीलाई बोल्न दिने सहमति भइसकेको छैन : कांग्रेस



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सदन खुलाउने बिषयमा सरकारसँग कुनै छलफल भइनसकेको बताएका छन् । ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकअघि सहमति जुटाउने विभिन्न विकल्पमा छलफल भइरहेको बताए । उनले भने- ‘हामीले हाम्रो मागबाट व्याक भएका छैनौं । उहाँहरुले गृहमन्त्रीको नाम नजोडी छानबिन समिति बनाऔं भनिराख्नुभएको छ । अहिलेसम्म कुनै सहमति भएको छैन । छलफल भइरहेको छ ।’ उनले समितिको विषयमा कुनै सहमति नभइ गृहमन्त्रीलाई बोल्न दिने पक्षमा नरहेको बताए । त्यसो त कांग्रेसकी सचेतक सुशीला थिङले पनि सदन खुलाउने विषयमा छलफल भइरहेको बताइन् । कांग्रेस गृहमन्त्रीलाई सदनमा बोल्न दिन तयार भएको हो ? भन्ने जिज्ञासामा उनी भन्छिन्- अहिले हामी छलफलमा छौं । हामीले उठाएको माग सरकारले सम्बोधन गरे त सदनमा बोल्न पाइहाल्नुहुन्छ नि !’ तर, प्रधानमन्त्रीले गृहमन्त्रीलाई सदनमा बोल्न दिए त्यसपछि समिति बनाउने बिषयमा छलफल गरेर अघि बढ्ने सन्देश पठाएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...