ललितपुरको कुपन्डोलमा आगलागी



हाम्रो इकोनोमि

 

लितपुर महानगरपालिका-१० कानदेवता स्थित हाम्रो सगरमाथा बहुउद्धेश्यीय सहकारी लिमिटेड रहेको भवनमा बिहीबार बिहान आगलागी भएको हो।  जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले अहिले आगलागी नियन्त्रणमा आइसकेको जानकारी दिएका छन्।  ‘८ तले भवनको छैटौं तलामा आगो लागेको हो। अहिले नियन्त्रणा आइसकेको छ,’ उनले भने।  एसपी सुवेदीका अनुसार छैटौं तलामा धुँवा पुतपुताएको जस्तो देखिनासाथ दमकल र सुरक्षाकर्मी पुगेका थिए। ललितपुर महानगरपालिकाका तीन वटा दमकल प्रयोग गरी आगो निभाइएको उनले बताए। उक्त भवनमा तीन वटा सहकारी छन्। आगो भने सगरमाथा सहकारी भएको तलामा लागेको हो।  क्षति के कस्तो भएको भन्ने संकलन भइरहेको एसपी सुवेदीले जानकारी दिए। आगलागीको कारण पनि खुलेको छैन।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...