३१औँ मदन–आश्रित स्मृति दिवस मनाइयो



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)ले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको ३१औँ स्मृति दिवस मनाएको छ । एमालेले बिहीबार बिहान मदन नगर, बल्खुमा मदन–आश्रित स्मृति दिवस कार्यक्रम गरेको हो । कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहित एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमालसहितका नेता तथा कार्यकर्ताहरू सहभागी हुनुहुन्थो । उहाँहरुले मदन–आश्रितको शालिकमा माल्यार्पण गर्नुका साथै श्रद्धाञ्जली अर्पण गर्दै मदन–आश्रितको योगदानको स्मरण गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले जननेता भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)ले नै एमालेको आन्दोलनलाई निर्देशित गरेको बताउनुभयो । अध्यक्ष ओलीले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने विचारको स्रोत जबज भएको बताउनुभयो । जबजले नै अहिले सुदृढ एमाले बन्न सफल भएको अध्यक्ष ओलीको भनाइ थियो । एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो । सोही दिनको स्मरणमा एमालेले हरेक वर्ष जेठ ३ गते विभिन्न कार्यक्रम गरी मदन–आश्रित स्मृति दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...