३१औँ मदन–आश्रित स्मृति दिवस मनाइयो



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)ले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको ३१औँ स्मृति दिवस मनाएको छ । एमालेले बिहीबार बिहान मदन नगर, बल्खुमा मदन–आश्रित स्मृति दिवस कार्यक्रम गरेको हो । कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहित एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमालसहितका नेता तथा कार्यकर्ताहरू सहभागी हुनुहुन्थो । उहाँहरुले मदन–आश्रितको शालिकमा माल्यार्पण गर्नुका साथै श्रद्धाञ्जली अर्पण गर्दै मदन–आश्रितको योगदानको स्मरण गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले जननेता भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)ले नै एमालेको आन्दोलनलाई निर्देशित गरेको बताउनुभयो । अध्यक्ष ओलीले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने विचारको स्रोत जबज भएको बताउनुभयो । जबजले नै अहिले सुदृढ एमाले बन्न सफल भएको अध्यक्ष ओलीको भनाइ थियो । एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो । सोही दिनको स्मरणमा एमालेले हरेक वर्ष जेठ ३ गते विभिन्न कार्यक्रम गरी मदन–आश्रित स्मृति दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...